PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मोबाइल खोस्दा नदिएपछि खुकुरी प्रहार



भक्तपुर : भक्तपुरको सूर्यविनायकमा १८ वर्षका एक किशोरलाई अपरिचित दुई जनाले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। 

सूर्यविनायक गणेश मन्दिर जाने उकालोस्थित प्रगतिटोल जाने सडकमा अपरिचित दुई युवकले मोबाइल खोस्दा नदिए पछि खुकुरी प्रहार हुँदा प्रगतिटोल बस्ने वर्ष १८ का अनुप अधिकारी गम्भीर घाइते भएका छन्। 

गम्भीर घाइते अधिकारीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरीवृत्त जगातिका प्रहरी नायब उपरीक्षक मित्रबन्धु थापाले जानकारी दिए। 

घटना अनुसन्धान सुरु गरी खुकुरी हान्नेको खोजी आजैबाट सुरु भएको उनले बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell