PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

​ढाका टोपीमा नरेन्द्र मोदी, हेर्नुस् चार फोटो



​ढाका टोपीमा नरेन्द्र मोदी, हेर्नुस् चार फोटो

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि यतिबेला पूर्वी राज्य सिक्किममा छन्। गत वर्ष मंसिरमा भएको सार्क सम्मेलनताका नेपाल भ्रमणमा आउँदा सडकमा निस्केर सर्वसाधारण नेपालीसँग हात मिलाएका मोदीले त्यहाँ पनि त्यही तरिका अपनाए र सिक्किमका बासिन्दासँग हात मिलाए।

नेपाली भाषीको बाहुल्यता रहेको सिक्किममा भावनात्मक समर्थन देखाउन उनले ढाका टोपी लगाएका छन्। उनले सडकमा सर्वसाधारणसँग भेटेका फोटा आफ्नो ट्विटरमा राखेका छन्। भ्रमणका क्रममा उनी जहाँ पुग्छन्, त्यहाँको सांस्कृतिक महत्व झल्काउने पोसाक लगाउने बानी मोदीले यहाँ पनि कायम राखेका हुन्।  

हेर्नुस् ढाकाटोपीमा मोदीः
 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell