PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

तामझाम सहितको तयारी खेर, मोदीको जनकपुर यात्रा रद्द



तामझाम सहितको तयारी खेर, मोदीको जनकपुर यात्रा रद्द
तस्बिर: indiatoday.in

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको जनाएका छन्। आज एक विज्ञप्ति प्रकाशित गर्दै मोदीको जनकपुर भ्रमणको तयारी तथा व्यवस्थापनको जिम्मेवारी पाएका निधिले यस्तो बताएका हुन्।

निधीले भारतीय दूतावासले परराष्ट्रलाई भ्रमण रद्द गरिएको जानकारी गराएको र परराष्ट्रले आफुलाई जानकारी गराएको उल्लेख गरेका छन्।

उनले मोदीको भ्रमण रद्द हुनुमा एमाओवादी लगायतका २२ दल दोषी रहेको उल्लेख गरेका छन्। उनले एमाओवादी नेतृत्वको मोर्चाले मोदी भ्रमणको विरोध गर्दै प्रशासनमा धर्ना दिएको, वीरगञ्जस्थित काउन्सिलर कार्यालयमा ज्ञापन पत्र समेत बुझाएकोमा उनले आपत्ति पनि जनाएका छन्।

उनको स्वागतका लागि जनकपुरमा भव्य तयारी भइरहेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell