- पहिलोपोस्ट -

आयोजक संस्था द हिडज ट्रेजर प्रमुख गोपाल सुन्दरलाल कक्षपतिले आगामी अप्रिल ८ तारिखमा मिस नेपालको फाइनल हुने जानकारी दिए। ‘देशको अवस्था राम्रो नभएपनि असहज परिस्थितिमा प्रतियोगिता गर्दैछौं’ उनले प्रेसमिटमा भने।
मिस नेपालका लागि फेब्रुअरी १९ सम्म अन्तिम आवेदन दिन सकिने भएको छ। सो अवसरमा मिस नेपाल इभाना मानन्धरले मिस वर्ल्र्ड प्रतियोगिताको स्मरण गर्दै अनुभव बाँडिन्। ‘मेरा लागि त्यो मिस वर्ल्र्ड थिएन बरु आफैसँगको प्रतिस्पर्धा थियो’ उनी दार्शनिक सुनिइन्।

‘मिस नेपाल बन्नु मेरा लागि सानैदेखिको सपना थियो’ उनले भनिन्, ‘करियर र प्यासनबीचमा मैले प्यासन रोजेँ र आज यहीं छु ।’ उनले क्यामेराका लागि नभएर मनदेखि मुस्कुराउन नेपालीहरुलाई सुझाव समेत दिइन्।
मिस नेपाल अर्थ दिव्यता वैद्यले विदेशी साथीहरुसँग रहँदा गुगल ट्रान्सेलट गरेको स्मरण गरिन्। प्रतियोगिताले व्यक्तित्व विकास मात्र नभएर देशलाई चिनाउने मौका प्राप्त भएकोमा उनले खुशी व्यक्त गरिन्।
मिस नेपाल इन्टरनेसनल मेधा कोइरालाले नजितेपनि अनुभव बटुल्ने सकिने भन्दै मिस नेपालको प्रशंसा गरिन्।
यस्ता छन् आयोजकका शर्त
प्रेस विज्ञप्तीमा जनाइएअनुसार मिस नेपालमा सहभागी हुन यी शर्त पूरा गर्नुपर्छ- प्रतियोगीको उमेर १५ देखि २४ वर्ष,
- उचाइ ५.४ भन्दा अग्लो,
- बिहे नगरेको,
- बच्चा नजन्माएको
- शैक्षिक योग्यता प्लस टु
- नेपाली नागरिकता तथा पासपोर्ट नै भएको हुनुपर्ने
- शरीरमा टाट्टु खोपेको हुन नहुने

