PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भेरीमा खसेको यात्रुवाहक बस रातिसम्म फेला परेन, काठमाडौँबाट गएका गोताखोरको प्रयास असफल



भेरीमा खसेको यात्रुवाहक बस रातिसम्म फेला परेन, काठमाडौँबाट गएका गोताखोरको प्रयास असफल
बस खोज्दै सुरक्षाकर्मी। फोटो सौजन्य : हाम्रो नेपालगञ्ज

काठमाडौं : जाजरकोटको खलंगाबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस भेरी नदीमा खसेको छ। दुर्घटनामा ज्यान गुमाएका ५ जनाको शव भेटिएको छ। बाँकी यात्रु र बस फेला परेको छैन। 

काठमाडौँबाट आएको गोताखोरको टोलीले उद्धारका लागि प्रयास गरेपनि बिहीबार त्यो कार्य असफल भएको छ। शुक्रबार बिहानैदेखि सो गोताखोरको टोलीले उद्धारको लागि प्रयास गर्नेछ।

ना३ख १४०८ नम्बरको बस सडकबाट ५० देखि ६० मिटर तल नदीमा खसेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले पहिलोपोस्टलाई बताए। बस जाजरकोटको भुर गाविस भुरचौरबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो।  

हालसम्म पाँचजनाको शव निकालिएको र ९ जनालाई उद्दार गरी उपचारका लागि पठाइएको सहायक प्रजिअ सेढाईले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चुडामणि क‌डेँलले जिल्ला प्रहरी कार्यालयलाई उद्‍धृत गर्दै बसमा करिव ४५ देखि ५० जना रहेको जानकारी दिए।

बस पूर्णरुपमा भेरीमा डुबेको छ।  'नदी एकदमै ठूलो छ। पानीको भुमरीमा बस फँसेको छ', सेढाईले भने, 'गाडी देखिएको छैन। केही झोलामात्र देखिएका छन्।'

बस मध्यपश्चिम यातायात व्यवसायी समितिको हो। 

दुर्घटनास्थलमा सुरक्षाकर्मी। फोटो सौजन्य : हाम्रो नेपालगञ्ज


दुर्घटनास्थल जाँदै सुरक्षाकर्मी। फोटो सौजन्य : हाम्रो नेपालगञ्ज

हालसम्म प्राप्त घाइतेको विवरण

तिलक पुन, लक्ष्मी बुढा र गोपाल रोकाया (डाँडागाउँ गाविस, जाजरकोट)
भीमबहादुर चन्द (दाङ, पञ्चकुले)
पदम पुरी (बाँके, तितिहरिया)
देबबहादुर थापा (प्रहरी कर्मचारी, ठेगाना नखुलेको)
दीपक शाही (भुर, जाजरकोट)
विमला रोकाया (बाँके)
मोतीराम डाँगी (सुर्खेत)
उर्मिला ओली (जाजरकोट, खलंगा)। श्रोतः जिल्ला प्रशासन कार्यालय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell