PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कपिल शर्माले नेपालीसामु माफी मागे, सगरमाथा भारतको भन्दा आफैले पाउनु पर्‍यो 'बाबाजीका ठुल्लु'



कपिल शर्माले नेपालीसामु माफी मागे, सगरमाथा भारतको भन्दा आफैले पाउनु पर्‍यो 'बाबाजीका ठुल्लु'

काठमाडौँ : भारतका लोकप्रिय कमेडियन कपिल शर्माले नेपालीसामु माफी मागेका छन्। आफ्नो एउटा शोमा सगरमाथा भारतमा छ भनेर भन्नु गल्ती रहेको स्वीकार्दै उनले नेपालीसामु माफी मागेका हुन्। 

आफ्नो भेरिफाइड ट्विटर अकाउन्टबाट ट्विट गर्दै उनले लेखेका छन्, 'मेरो एउटा शोमा मैले माउन्ट एभरेस्ट भारतमा छ भनेँ। मेरो मनसाय नेपालीहरुको भावनामा चोट पुर्‍याउनु थिएन। मैले चोट पुर्‍याएको भए माफी चाहन्छु।'

भारतीय च्यानल कलर्सबाट प्रसारण हुने लोकप्रिय कमेडी कार्यक्रम कमेडी नाइट्स विद् कपिलका सञ्चालकले यही कार्यक्रममा नभई अस्ट्रेलियाको सिडनीमा भएको स्टेज शोमा यस्तो भनेका थिए। एक वर्षअघि अपलोड गरिएको भिडियोमा यसो भनिएको भए पनि हालैका दिनहरुमा नेपालीहरुले सामाजिक सञ्जालमार्फत् यसको विरोध गरेपछि कपिलले बुधबार माफी मागेका हुन्। 

 

कपिल नेपालमा पनि लोकप्रिय छन्। उनी केही समयपछि नेपालमा पनि स्टेज शोका लागि आउँदैछन्। उनले अर्को ट्विटमा नेपाल र नेपाली मन पर्ने कुरा पनि भन्न छुटाएका छैनन्- कपिलको यो स्टेज शो सन् २०१३ को नोभेम्बरमा भएको थियो। एकबर्ष अघिको कार्यक्रमको भिडियोमा उनका समर्थकले युट्युब लगायत सामाजिक सञ्जालमा आलोचना गरेपछि उनले माफी मागेका हुन्। कपिलका कमेडी भिडियोमा सबैभन्दा बढी आलोचना भएको भिडियो पनि यही हो।

के भनेका थिए कपिलले? भिडियो हेर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell