PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

हेर्नुस् फोटो, रानीपोखरीमा राष्ट्रपतिबाट सुरु भयो पुनर्निर्माण



हेर्नुस् फोटो, रानीपोखरीमा राष्ट्रपतिबाट सुरु भयो पुनर्निर्माण

  • रोजित खड्का/पहिलोपोस्ट-
काठमाडौं : भूकम्प गएको करिब ९ महिनापछि आज पुनर्निर्माण कामको औपचारिक रुपमा सुरुवात भएको छ। राष्ट्रपति विद्या भण्डारीले काठमाडौं रानीपोखरीको पुनर्निर्माण तथा सौन्दर्यीकरण कार्यक्रमको उद्घाटन गरेपछि पुनर्निर्माण औपचारिक रुपमा सुरुवात भएको हो।  

काठमाडौं महानगरपालिकाले रानीपोखरीमा भूकम्प स्मृति स्तम्भ निर्माण गर्न लागेको छ। शनिबार राष्ट्रपति भण्डारीले त्यसै स्तम्भ निर्माणको शिलान्यास पनि गरिन्। माघ २ गते भूकम्पीय सुरक्षा दिवसको अवसर पारेर पुनर्निर्माण सुरुवात गरेको हो।

रानीपोखरी पुनर्निर्माण तथा सौन्दर्यीकरण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन,  प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री सुशील कोइराला,पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत सहभागी थिए।

हेर्नुस् फोटोहरु








































@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell