PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​फुटसल प्रतिबन्ध लगाउनुमा प्रहरीले दियो ६ कारण



​फुटसल प्रतिबन्ध लगाउनुमा प्रहरीले दियो ६ कारण
फोटो : http://kathmandufutsal.com/

  • पहिलोपोस्ट-
काठमाडौं : विहीबारदेखि राजधानीका फुटसलहरु अनिश्चितकालका लागि बन्द गरिएका छन्। स्थानीय प्रशासन र प्रहरीले फुटसल खेल सञ्चालनमा बन्देज लगाएको हो। राजधानीमा अहिले अन्दाजी सय फुटसल सञ्चालनमा रहेका छन्। काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले खेलाडी प्रोडक्सन गर्नुपर्ने फुटसलहरु जुवाको रुपमा प्रयोग भएकाले तत्कालका लागि बन्द गरिएको पहिलोपोस्टलाई बताए। पहिलोपोस्टका मनोज सत्यालले किन लगाउनु भएको फुटसलमा प्रतिबन्ध? भन्ने प्रश्नमा थापाले दिए ६ कारण-

१. फुटसलमा कानुन विपरितका गतिविधि सञ्चालन भए। फुटसल खेल राम्रो हो तर स्कूल जाने विद्यार्थी समेत कापी किताब बोकेर स्कूल नगएर फुटसलमा गएको पाइयो।

२. फुटसलमा नितान्त खेलाडी प्रोडक्सन गर्ने ठाउँ भएपनि कतिपय ठाउँमा बियरका बोतल कतिपय ठाउँमा गाँजा समेत भेटियो।

३. फुटसल खेलाउने कुनै टाइम निश्चित भएन। बिहान ५ बजेदेखि मध्यरात १२ अनि १ बजेसम्म सञ्चालन भएको देखियो। फुटसल रहेका स्थान आसपासका स्थानीयहरुको अन्त्यन्त धेरै गुनासो आयो।

४. फुटसलमा कुनै निश्चित शुल्क भएन। धेरैजसो बाजी खेल्ने, ग्याम्बलिङ गर्ने अनि फिक्सिङ समेत भयो।

५. युवा र बालबालिका खेलाउने चर्को शुल्क उठाउने र स्कूल जाने फि समेत विद्यार्थीले फुटसलमा बुझाउने गरेको अभिभावकले गुनासो गरे।

६. फुटसलहरुको अवस्था र उनीहरुको आर्थिक पारदर्शिता कर तिरेको छ कि छैन भन्ने पनि नखुलेकाले त्यस सम्बन्धि नीति आवश्यक देखिएकाले कानुनी दायरामा ल्याउन आवश्यक देखियो।

थापाले छिट्टै स्थानीय प्रशासन, फुटसल सञ्चालक र स्थानीयहरु बसेर फुटसल खेल सञ्चालन गर्न समय र त्यसबारे नीति बनाएर अगाडि बढ्ने बताए। 'कानुन दायरामा रहेर काम गर्नुपर्छ भनेर सिकाउन तत्कालका लागि स्थानीय प्रशासन र प्रहरीले बन्द गरेको हो', उनले भने, 'खेलाडी प्रोडक्सन गर्नुपर्‍यो तर जुवाको रुपमा प्रयोग गर्नु भएन।'

अपडेट : 

​व्यवसायी र प्रशासनबीच १५ बुँदे सहमतिपछि २४ घण्टामै फुटसलको प्रतिबन्ध हट्यो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell