PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​सहमति छाडेर सुरुङ पस्न खोजेपछि कसरी गतिरोध हट्छ : नेपाल



​सहमति छाडेर सुरुङ पस्न खोजेपछि कसरी गतिरोध हट्छ : नेपाल

काठमाडौँ : संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन असफल भएका दलका नेताहरु एकअर्का प्रति आरोप प्रत्यारोप मै व्यस्त छन्। यसै क्रममा एमाले नेता माधवकुमार नेपालले सहमति जुटाउन लाग्नुपर्नेमा सुरुङभित्र बस्छु भन्दै हिँड्ने प्रवृत्ति राजनीतिक गतिरोध अन्त्य नहुने बताएका छन्।

उनी एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि गरेको रोल्पा भ्रमणलाई सङ्केत गर्दै थिए।

केही दिनदेखि सहमति हुन बाँकी विषय होइन, उनको रोल्पा भ्रमण बढी चासोको विषय बनेको छ।

दाहालले हिजो पश्चिममा भएको आमसभामा पनि आफूले बोलाएको राजनीतिक समितिको बैठकमा कांग्रेस-एमाले नेताहरु नआएपछि रोल्पा नगई कहाँ जाने भन्ने प्रश्न सोधेका थिए।

‘जातीय राज्यको पक्षमा छैनौँ’

भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टरले आइतबार आयोजना गरेको ‘नहोस् कतै दुर्घटना हामी सबैको चाहना' विषयक कार्यक्रममा नेपालले सामाजिक तथा जातीय सद्भावलाई बिथोल्ने खालको जातीय राज्यको पक्षमा आफूहरु नरहेको स्पष्ट पारे।

उनले भने,  “पहिचान र सामर्थ्यका आधारमा राज्यको पुनःसंरचना गर्नुपर्दछ। त्यसका लागि सबै राजनीतिक दल तयार छन्। तर सद्भाव बिथोल्ने काम कहीँकतैबाट पनि हुनुहुँदैन।”

‘मुलुक दुर्घटना निकट’

सोही कार्यक्रममा एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रमुख राजनीतिक दलहरु विगतका सहमति र सम्झौतामा गम्भीर भएर संविधान निर्माणमा नलाग्ने हो मुलुक दुर्घटनाको निकट पुग्ने बताए।

उनले कमसेकम १२ बुँदे सहमतिदेखिका सहयात्रीका बीचमा न्यूनतम सहमति हुनुपर्ने र प्रक्रियामा जान पनि सबैको मतैक्य रहनुपर्नेमा जोड दिए।

सहमतिमै संविधान निर्माण गर्ने वातावरण तयार पार्न आफ्नो पार्टीका तर्फबाट अधिकतम प्रयत्न जारी राखिएको उल्लेख गर्दै उनले नेपाली काँग्रेस र एमाले एक्लाएक्लै अगाडि बढ्न खोज्ने प्रवृत्तिका कारण समस्या उत्पन्न्ा भएको स्पष्ट पारे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell