PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

राष्ट्रपति भण्डारीमाथि जनकपुरमा भएको दुर्व्यवहारविरुद्ध उत्रिए सांसद



राष्ट्रपति भण्डारीमाथि जनकपुरमा भएको दुर्व्यवहारविरुद्ध उत्रिए सांसद

काठमाडौं : होहल्लाबीच सुरु भएको संसद बैठकमा जनकपुरमा राष्ट्रपतिमाथि भएको दुर्व्यवहारको चर्को आलोचना भएको छ। सभासदहरुले राष्ट्रपतिमाथि भएको दुर्व्यवहार क्षम्य हुन नसक्ने भन्दै कडा आलोचना गरेका छन्। उनीहरुले दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदले घटनाको भत्सर्ना गर्नुपर्ने बताए। 'राष्ट्रपतिमाथि जुन घटना भयो त्यो जाति, समूदाय, सम्प्रदाय तथा सधुवा र विधवाको विषयमा भएकाले त्यसको संसदको भत्सर्ना गर्नुपर्छ,' उनले भने।

नेकपा एमालेकी सांसद सुशीला नेपालले घटनाको चर्को आलोचना गरिन्। 'तथाकथित मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपतिमाथि अपमान गर्नु उनीमाथिमात्र होइन मुलुककै अपमान हो,' उनले भनिन्। मधेसी मोर्चाले यसको जवाफ दिनुपर्ने उनको धारणा थियो। 'सुनपानी र गंगाजल छर्केको छ त्यसमा मधेसी मोर्चाले जवाफ दिनुपर्छ। यो विश्वका महिलाहरुको अपमान हो,' उनले भनिन्।

सांसद सीता नेपालीले राष्ट्रपतिको अपमान भनेको पुरै नेपाली र सबै नेपालीमाथिको अपमान भएको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell