PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

क्यान्डी क्रसका गेम डिजाइनर काठमाडौँमा, नयाँ गेम क्यान्डी क्रस सोडा सार्वजनिक



क्यान्डी क्रसका गेम डिजाइनर काठमाडौँमा, नयाँ गेम क्यान्डी क्रस सोडा सार्वजनिक

काठमाडौँ : नेपालीहरु माझ पनि एकदम लोकप्रिय डल्ला फोर्ने मोबाइल गेम क्यान्डी क्रसका डिजाइनर टमी पाम बिहीबार काठमाडौँ आएका छन्। 

एनसेलको आयोजनामा भइरहेको एप क्याम्पमा उनलाई अतिथिका रुपमा डाकिएको हो। कात्तिक २९ गते उनले क्याम्पमा प्रवचन दिनेछन्। 

एप क्याम्प नेपालमा आयोजित सबैभन्दा ठूलो मोबाइल एप प्रतियोगिता हो। तीन सय भन्दा बढी डेभलपर. डिजाइनर र बिजनेस डेभलपरहरु यसमा सहभागी भइरहेको आयोजकले जनाएको छ। 

टमीले सन् १९८६ देखि शौखका रुपमा गेम प्रोग्रामिङ थालेका थिए। अहिले उनी किङ डट कमका गेम्स गुरु हुन्। क्यान्डी क्रसलाई करोडौँको मोबाइल डिभाइसमा पुर्‍याउन र उनीहरुलाई यो गेमप्रति लत लाग्ने बनाउन उनको ठूलो हात छ। 

गकरसँगको अन्तर्वार्तामा उनलाई सोधिएको थियो, तपाईँले क्यान्डी क्रस जित्नुभयो त? उनले भनेका छन्- छैन, म ९८ लेभलमा छु। त्यो लेभल जित्न म संघर्ष गरिरहेको छु। तर यो रमाइलो छ। वर्षदिनभन्दा अघिदेखि मेरो कामै क्यान्डी क्रसको भए पनि म अझै यो खेल्दा रमाउँछु। 

यो गेम दुई वर्षअघि नोभेम्बरमा मोबाइलमा रिलिज गरिएको थियो। बिजनेस इन्साइडरका अनुसार सन् २०१३ मा सबैभन्दा बढी डाउनलोड भएको आइओएस एप यही थियो। 

२०१२ को डिसेम्बरमा मात्रै यो एक करोडपटक डाउनलोड भएको थियो। ६७ लाख सक्रिय प्रयोगकर्ता भएको यो गेमले आइओएस एप स्टोरको अमेरिकी सेक्सनमा मात्रै दिनको ६ लाख ३३ हजार डलर कमाउने अनुमान गरिएको थियो। 

यो कम्पनीले सिक्वेलका रुपमा क्यान्डी क्रस सोडा सागा बनाएको छ। गएको मे महिनामा सफ्ट लञ्च गरिएको यो गेममा डल्ला नभई सोडाको शिशीलाई सार्नुपर्ने हुन्छ। आइओएस र एन्ड्रोइडमा यो गेमको एप मंगलबारदेखि विश्वभर रिलिज भएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell