PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

​क्यान सम्हाल्न सिइओलाई राखेपको पत्र



​क्यान सम्हाल्न सिइओलाई राखेपको पत्र

  • पहिलोपोस्ट-
काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट संघ क्यानको सम्पूर्ण कार्यसञ्चालनको अधिकार सिइओ भावना घिमिरेलाई दिएको छ। राखेपले पत्र लेखेर आफूसँग समन्वय गरेर क्यानको कार्यसञ्चालन गर्ने भनेको क्यान सिइओलाई जिम्मेवारी दिएको हो।

'पत्रमा आइसीसी, एसीसी र राखेपसँग समन्वय गरेर काम गर्न भनिएको छ', क्यान सिइओ भावना घिमिरेले पहिलोपोस्टसित भनिन्।

हिजोको मिति राखिएको पत्रमा राखेपले नेपाल क्रिकेट संघको निर्वाचित कार्यसमितिको म्याद सकिएको र नयाँ भएको भनिएको निर्वाचन अवैधानिक भएको भन्दै कार्यसञ्चालन गर्न सिइओलाई भनेको छ। क्यानले क्रिकेटको गतिविधि अगाडि बढाउँदा आफूसँग समन्वय गर्न पत्रमा भनेको छ।

विवादका बीच केही दिनअघि नेपाल क्रिकेट संघको नयाँ निर्वाचनबाट चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएका छन्। तर चन्द नेतृत्वको संघलाई राखेपले मान्यता दिएको छैन। यसअघिका अध्यक्ष टङ्क आङबुहाङ लगायतले पनि सो साधारणसभा बहिष्कार गर्दै विरोध गरेको थियो।

घिमिरेले २०७१ कात्तिक १ गतेदेखि क्यानका सिइओ‌को जिम्मेवारी सम्हाल्दै आएकी छिन्। उनी पहिलेदेखि नै बोर्डसँग असन्तुष्ट रहँदै आएकी थिइन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell