PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​पिल्लर नराखी इँटाको जडानमा यस्तो बनाऔं भूकम्प प्रतिरोधी घर



​पिल्लर नराखी इँटाको जडानमा यस्तो बनाऔं भूकम्प प्रतिरोधी घर

  • पहिलोपोस्ट-
काठमाडौं : सरकारले भूकम्प पीडितका लागि आवास निर्माणका लागि भूकम्पले भत्काउन नसक्ने घरहरुको डिजाइन सार्वजनिक गरेको छ। शहरी विकास तथा भवन निर्माण बिभागले गएको घरको मोडल, बनाउने तरिका,  त्यसमा लाग्ने जनशक्ति र सामग्री सहितको विस्तृत प्रतिवेदन तयार पारेको छ।

ग्रामीण क्षेत्रका लागि ढुंगाको प्रयोगबाट निर्माण गर्न मिल्ने घरको डिजाइन बनाएको बिभागले इँटा उपलब्ध हुने ठाउँका लागि छुट्टै मोडलका घरका डिजाइन पनि बनाएको छ। यी सबै घरका डिजाइन परिमार्जित राष्ट्रिय भूकम्प संहिता अनुसार रहेको बिभागले जनाएको छ। यी घरको गारोमा इटा र सिमेन्टको जडान हुन्छ भने हरेक २ फिट गारोमा सिमेन्टको बेस राखिनेछ।

सरकारले दिने २ लाख रुपैयाँ अनुदानबाट भूकम्प पीडितले यिनै मध्ये एक डिजाइनको घर बनाउनुपर्नेछ। यदि २ लाख रुपैयाँ भन्दा बढी रकम लागेमा घरधनी आफैले ब्‍यहोर्नुपर्ने सरकारले जनाएको छ। सजिलै इँटा उपलब्ध हुने ठाउँ वा विशेषगरी शहरी क्षेत्रमा कम खर्चमा बनाउन सकिने घरका डिजाइनहरु यस्ता छन्।

मोडल १                                                        


यो भुइँतला मात्र भएको घर ३ देखि ५ जनाको परिवारका लागि उपयुक्त हुन्छ। यसमा करिब २.८३ मिटर चौडाइ र साढे ४.५ मिटर लम्बाइका दुईवटा कोठा हुन्छन्। त्यस्तै डेढ मिटर चौडाइ र साढे ६. ३५ मिटर लम्बाईको बरण्डा हुन्छ। यो घर निर्माणका लागि १ सय २९ जना दक्ष र १ सय ८३ अदक्ष कामदार लाग्ने जनाइएको छ। त्यस्तै २२ हजार ९९ वटा इँटा, १ सय २७ बोरा सिमेन्ट र १५ घनमिटर बालुवा लाग्नेछ। त्यस्तै ९ घनमिटर गिटी, २.२ घनमिटर काठ र साढे ४ बण्डल जस्तापाता लाग्नेछ।

मोडल २


यो भुइँतल्ला मात्र भएको घर १ देखि ३ जनासम्म सदस्य भएको परिवारका लागि उपयुक्त हुन्छ। यसभित्र २.८३ मिटर चौडाइ र ४.५ मिटर लम्बाइको एउटा कोठा र बाहिर ३ मिटर चौडाइ र साढे ४.९६ मिटर लम्बाइ भएको वरण्डा हुन्छ। यो घर निर्माणका लागि ८० जना दक्ष र १ सय १८ जना अदक्ष जनशक्ति आवश्यक पर्छ। त्यस्तै १३ हजार ८ सय ४ वटा ढुंगा, ८० बोरा सिमेन्ट, १० घनमिटर बालुवा, साढे ५ घनमिटर रोडा, करिब २ घनमिटर काठ, साढे ३ वण्डल जस्ता आवश्यक पर्छ।
 

मोडल ३


यो दुई तले घर ४ जना सदस्य भएको परिवारका लागि उपयुक्त हुन्छ। यसमा भुइँतलामा २ कोठा र माथिल्लो तलामा ई कोठा रहेको छ। यसका कोठाहरु २.६५ मिटर चौडाइ र ४.२६ मिटर लम्बाइका हुन्छन् भने भुइँतलाको वरण्डा १.५ मिटर चौडाइ र ६.३५ मिटर लम्बाइको हुन्छ। यो घर निर्माणका लागि १ सय ४६ जना दक्ष र २ सय ८२ जना अदक्ष कामदार आवश्यक पर्छन् भने ३६ हजार ९ सय ३६ वटा इँटा आवश्यक पर्छ। त्यस्तै १ सय ९६ बोरा सिमेन्ट, २३ घनमिटर बालुवा, १० घनमिटर रोडा, साढे ४ घनमिटर काठ, ४.७१ बण्‍डल जस्तापाता आवश्यक पर्छ।

मोडल ४


यो दुई तले घर ३ देखि ७ जना सदस्य भएको परिवारका लागि हो। यसको भुइँतलामा एउटा कोठा र एउटा बरण्डा छ भने माथिल्लो तलामा दुईवटा कोठा छ। भुइँतलाको कोठाको लम्बाई र चौडाइ २.९२५ मिटर रहेका छन्। त्यस्तै बरण्डाको लम्बाई ५.४७५ मिटर र चौडाई २ मिटर रहेको छ। दोश्रो तलामा एउटा कोठा लम्बाई र चौडाइ २.९२५ मिटर भएको छ भने अर्को लम्बाई ५.४७५ मिटर र चौडाई २ मिटर भएको कोठा छ। घरको बायाँपट्टी भर्‍याङ राखिएको छ।  यो घर निर्माणका लागि २ सय ८० जना दक्ष र २ सय ४१ जना अदक्ष कामदार आवश्यक पर्छ। त्यस्तै ३७ ९ सय ४८ वटा इँटा, १ सय ८३ बोरा सिमेन्ट, २५ घनमिटर बालुवा, ७ घनमिटर रोडा, ८ सय ६३ किलोग्राम रड, साढे ५ वण्डल जस्ता, साढे ५ घनमिटर काठ आवश्यक पर्छ।

मोडल ५


यो दुईतले घरको ८ देखि १० जना सदस्य भएका परिवारका लागि हो। यसको दुबै तलामा तीन/ तीन वटा कोठा र वरण्डा रहेको छ। दुईवटा कोठाको लम्बाई र चौडाइ ३.१ मिटर रहेको छ भने अर्को एक कोठा र वरण्डाको लम्बाई ३.१ मिटर र चौडाइ २.१ मिटर रहेको छ। यो घर निर्माणका लागि २ सय ६७ जना दक्ष र २ सय ७३ जना अदक्ष कामदार आवश्यक पर्छन्। त्यस्तै ३८ हजार ३ सय ६ वटा इँटा,  १ सय ७५ बोरा सिमेन्ट, २७ घनमिटर बालुवा, ६ घनमिटर रोडा, ७ सय ६३ किलोग्राम रड, करिब ६ घनमिटर काठ र साढे ४ बण्डल जस्ता आवश्यक पर्छ।
 

मोडल ६


यो साढे दुई तले घर इँटा र सिमेन्टको जडानबाट निर्माण हुन्छ। यसमा एउटा पसल कोठा पनि बनाइएको छ। यसमा दुईवटा तलामा ४/४ वटा कोठा छ भने तेश्रो तलामा दुईवटा कोठा छ। हरेक तलामा दुईवटा कोठा २.७ मिटर चौडाई र ३ मिटर लम्बाईका छन् भने अर्को कोठा ३.४५ मिटर लम्बाई र ३ मिटर चौडाइको छ।  यसको तेश्रो तलामा किचन र डाइनिङ कोठा रहेका छन्। यो घर निर्माणका लागि ४ सय ८ जना दक्ष र ३ सय ४५ जना अदक्ष कामदार आवश्यक पर्छ। त्यस्तै ५१ हजार ५ सय ५९ वटा इँटा, २ सय ५२ बोरा सिमेन्ट, ३४ घनमिटर बालुवा,  ११ घनमिटर रोडा,  साढे ७ घनमिटर काठ, ५ वण्डल जस्ता र ८ सय २८ किलोग्राम रड आवश्यक पर्छ।

मोडल ७


यो छत भएको दुई तलाको घर हो। यसको भुइँतलामा लिभिङ रुम,  किचन, बाथरुम र स्टोर कोठा रहेको छ। लिभिङ रुम ३.७२५ मिटर लम्बाई र ३ मिटर चौडाइको छ भने किचन ३ मिटर लम्बाइ र ३ मिटर नै चौडाइ भएको छ। बाथरुमको लम्बाई २.१ मिटर र चौडाइ १.२ मिटर रहेको छ। माथिल्लो तलामा पनि यही मोडलमा कोठाहरु रहेका छन् भने वाथरुम र स्टोर कोठाको ठाउँमा वरण्डा छ। यो घर निर्माणका लागि २ सय ९६ जना दक्ष र ३ सय ९६ जना अदक्ष कामदार आवश्यक पर्छ। त्यस्तै ४१ हजार ७ सय ३० इँटा, ११ सय ३६ घनमिटर माटो, ३ सय २ बोरा सिमेन्ट, ३७ घनमिटर बालुवा, १६ घनमिटर रोडा, करिब २ घनमिटर काठ, १७९१ किलोग्राम रेन्सफोर्समेन्ट बार आवश्यक पर्छ।
 

मोडल ८


यो एकतले घरमा तीनवटा कोठा र वरण्डा रहेको छ। जसमा दुईवटा कोठाको लम्बाई ३ मिटर र चौडाइ २.६ मिटर रहेको छ। किचन र वरण्डाको लम्बाई ३ मिटर र चौडाई २.१ मिटर रहेको छ। यो घर निर्माणका लागि १ सय ३९ जना दक्ष र १ सय १५ जना अदक्ष कामदार आवश्यक पर्छ। त्यस्तै २३ हजार ५ सय १८ वटा इँटा, ३५ घनमिटर माटो, ४ घनमिटर काठ, ४ वण्डल जस्तापाता आवश्यक पर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell