मिस नेपाल सुबिन लिम्बु यस पटक मिस वर्ल्ड सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछिन्। मिस वर्ल्डको आधिकारिक साइटमा २३ वर्षीया लिम्बुको छोटो अन्तर्वार्ता पनि राखिएको छ। अन्तवार्ताको अनुवाद-
कुन वेबसाइट बिना तपाईँ बाँच्न सक्नुहुन्न र किन?
www.ted.com किनभने यसमा पृथ्वीको हरेक कुनाबाट खबरहरु पाइन्छ।
गएको वर्ष तपाईँले चलाउनु भएको सबैभन्दा उत्कृष्ट एप कुन हो ?
वुमेनटक
तपाईँलाई मनपर्ने फेसन वेबसाइट कुन कुन हुन्?
topshop.com
h&m.com
bunnything.co.uk
कुन मेकअप आइटम बिना तपाईँ बाँच्न सक्नुहुन्न ?
लिप बाम, आइलाइनर्स र आइब्रो पेन्सिल
तपाईँको सबैभन्दा स्मरणीय क्षण?
मेरो सबैभन्दा स्मरणीय क्षण मानिससँग हैन, समुद्रसँग हो। नेपाल भूपरिवेष्ठित देश भएकोले समुद्र छेउको बालुवा र समुद्रको हावा महसूस नगरी मर्छु कि भन्ने डर लाग्थ्यो।