PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​नेपालमा सहयोग गर्न अमेरिकामा एकै डिनरबाट उठ्यो ६० लाख



​नेपालमा सहयोग गर्न अमेरिकामा एकै डिनरबाट उठ्यो ६० लाख

  • पहिलोपोस्ट-
न्युयोर्क : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसीसी) अमेरिकाले नेपालमा हाल कायम रहेको संकटमा सहयोग गर्न एकै डिनरबाट ६० लाख रुपैयाँ संकलन गरेको छ।

आइतवार साँझ ज्याक्सन हाइटस्थित हिमालयन याक रेष्टुरेन्टमा आयोजित विशेष डिनर कार्यक्रममा एनआरएन अमेरिका आफ्नो लक्ष्य भन्दा धेरै रकम संकलन गर्न सफल भएको हो।

नेपालमा मधेस आन्दोलन र अघोषित नाकाबन्दीका कारण अस्पतालहरुमा औषधी अभाव हुन थालेकाले त्यसको न्यूनीकरणका लागि एनआरएन आइसिसिले शुरु गरेको सहयोग कार्यक्रमलाई सफल बनाउन एनआरएन अमेरिकाले रकम संकलन गरेको हो।

आफ्नै रेष्टुरेन्टमा आयोजित विशेष  डिनरमा एनआरएन उत्तर अमेरिकाका लागि क्षेत्रीय संयोजक सोनाम लामाले सबै भन्दा धेरै दश हजार अमेरिकी डलर चन्दा दिएका छन्। यस्तै उत्तर अमेरिकाका लागि उप क्षेत्रीय संयोजक एसी शेर्पा र उनकी पत्नी डा. एलिसन शेर्पाले पाँच/पाँच हजार अमेरिकी डलर एनआरएन कोषमा सहयोग गरेका छन्।

अमेरिकामा बस्ने पाकिस्तानी समुदायले पनि २० हजार अमेरिकी डलर बराबरको औषधी एनआरएन मार्फत नेपाललाई सहयोग गर्ने घोषणा गरेका छन्।

यस्तै एनआरएन आइसीसीका सदस्य एवं कानुनविद् खगेन्द्र जिसीले चार हजार अमेरिकी डलर र एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले दुई हजार पाँच सय अमेरिकी डलर सहयोग गरेका छन्।

कार्यक्रममा संयोजक लामाले मातृभूमिमा जारी अभावमा राहत दिने उद्देश्यले विश्वका अरु देशमा पनि सहयोग संकलन कार्यक्रम संचालन गरेको जानकारी दिए। एनआरएन अमेरिकाका अध्यक्ष पौडेलले अमेरिकाका अन्य राज्यमा पनि सहयोग संकलन कार्यक्रम गरिने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell