PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

निगमका कामु निर्देशकमाथि दोब्बर मूल्यमा जहाजको टायर किनी भ्रष्टाचार गरेको आरोप



निगमका कामु निर्देशकमाथि दोब्बर मूल्यमा जहाजको टायर किनी भ्रष्टाचार गरेको आरोप

काठमाडौँ : काठमाडौं : नेपाल वायुसेवा निगमका कामु निर्देशक अच्युतराज पहाडीले खरिद प्रक्रिया समेत नपुर्‍याई जहाजको टायर खरिद गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

पहाडीले बजार मूल्यभन्दा दोब्बर मूल्यमा जहाजको टायर खरिद गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आइतवार काठमाडौँ जिल्ला अदालतमा आरोप पत्र दायर गरेको हो। 

निगमका विभिन्न जहाजहरुलाई ग्राउन्डेड अवस्था देखाई भण्डारमा मौज्दात टायरहरु हुँदाहुँदै बजार मूल्य भन्दा दोब्बर मूल्यमा २०६५ भदौ ११ गते आवश्यकता भन्दा बढी टायर खरिद गरेको आरोप पत्रमा उल्लेख छ।

'खरीद प्रकृया समेत पूरा नगरी कानुनविपरीत प्रति टायर  ७८० अमेरिकी डलर पर्ने मेन टायरलाई १ हजार ४ सय ७५ र  प्रति टायर  ५७५ डलर पर्ने नोज टायरलाई  १ हजार १० का दरले खरीद गरेको' आरोप पत्रमा उल्लेख छ।

खरीद गरिएका टायरहरु निगमको आफ्नै उडानबाट ढुवानी नगरी कमिसन खाई भ्रष्टाचार गरी भ्रष्टाचार निवारण ऐन २०५९को दफा १७ द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले निजलाई जम्मा बिगो  अमेरिकी डलर २८ हजार ३६० को नेपाली रू. २० लाख २ हजार २१६ रुपैयाँ कायम गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर गरी दफा ३ (१) तथा ३ (१) (च) बमोजिम हदैसम्मको सजायको मागदाबी आरोप पत्रमा लिइएको छ।

जहाजबाट करोडौं मूल्यका पुर्जा र पांग्रा चोरी, ल्यान्डिङ गियर गायब, भारतीय नागरिकलाई नियुक्तिलगायतमा छानबिन आयोगले दोषी देखाएका अधिकृत स्तरका १० र सहायक स्तरका ६ कर्मचारी कर्मचारीलाई नेपाल वायुसेवा निगमले दुई वर्षअघि निलम्बन गर्दा पहाडी पनि परेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell