PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेजाको पाँचौ अधिवेशन लस एञ्जल्समा हुने



नेजाको पाँचौ अधिवेशन लस एञ्जल्समा हुने

  • विष्णुहरि घिमिरे -
न्युयोर्क : नेपाल अमेरिका पत्रकार संघ, नेजाको पाँचौ अधिवेशन क्यालिफोर्नियाको लस एन्जल्समा हुने भएको छ। नेजा महासचिव भोला आचार्यद्दारा मंगलवार जारी विज्ञप्तिमा जनाइए अनुसार नोभेम्बर अन्तिम साता बसेको कार्य समितिको एघारौ बैठकले आगामी मे महिनाको ७ र ८ तारिखमा लस एञ्जल्समा संघको पाँचौं अधिवेशन गर्ने निर्णय गरेको हो| नेजाको विधान अनुसार, हरेक दुई वर्षमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मे महिनाको पहिलो सप्ताहान्तमा नेजाको अधिवेशन आव्हान गरिन्छ।

उत्तर अमेरिकामा रहेका नेपाली मूलका संचारकर्मीहरुको साझा संस्था नेजाको आसन्न पाँचौं अधिवेशन एवं दशौँ वार्षिक साधारणसभा सम्पन्न गर्नको लागि नेजाले सचिव सुदीप पन्तको संयोजकत्वमा सात सदस्यीय मूल आयोजक समिति समेत गठन गरेको छ। मूल आयोजक समितिमा कोषाध्यक्ष विटु केसी, क्षेत्रीय संयोजकहरु जाङ्ग्वु शेर्पा र विकासराज न्यौपानेसहित सदस्यहरु मधुकर अधिकारी, अग्नि चौलागाई र शैलेश पोखरेल रहेका छन्।

यसैगरी नेजाको सदस्यता वितरणका लागि महासचिव भोला आचार्यको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी सुम्पिएको छ। महासचिव आचार्यको संयोजकत्वमा गठित सदस्यता वितरण समितिमा नेजाका सबै क्षेत्रीय संयोजकहरु (डाक्टर गोविन्द सिंह रावत, भुपेन्द्र थापा, जाङ्ग्वु शेर्पा, विकासराज न्यौपाने र विश्वराज थापा) सहित कार्यकारी सदस्यहरु मधुकर अधिकारी, अग्नि चौलागाई, शैलेश पोखरेल र तेम्वा दोङ्गवा ह्योल्मो सदस्य रहेको १० सदस्यीय समिति गठन गरिएको छ। समितिले तत्काल सदस्यता आवेदन सम्बन्धी सूचना जारी गरी कार्य आरम्भ गर्ने संयोजक आचार्यले जनाए|

विधानमा अधिवेशनको एक महिना पहिले नै सदस्यता लिइसकेको, नवीकरण गरिसकेको र सदस्यता शुल्क तिरिसकेका सदस्यले मात्र आफ्नो मताधिकार प्रयोग गर्न, उम्मेदवार बन्न वा समर्थक, प्रस्तावक बस्न पाउनेछन्|

नेजाले आफ्नो अधिवेशनको क्रममा प्रकाशित गर्दै आएको प्रयास स्मारिका प्रकाशनको जिम्मा अध्यक्ष गौतम दाहाललाई दिएको छ। अध्यक्ष दाहालले नै आवश्यकता बमोजिम प्रकाशन र व्यवस्थापन समिति गठन गरी जिम्मेवारी बाँडफाँड गर्नेछन्|

यसैगरी हरेक दुई वर्षमा हुने अधिवेशनमा प्रदान गर्दै आएको एक लाख एघार हजार एक सय एघार रुपैंया बराबर धनराशीको नेजा पुरस्कारका लागि पनि नेजाले चाडै आवेदन आव्हान गर्ने गरी काम गरिरहेको छ| यसका लागि महासचिव भोला आचार्यको संयोजकत्वमा सदस्यद्वय मधुकर अधिकारी र अग्नि चौलागाई सम्मिलित तीन सदस्यीय समिति गठन गरी जिम्मेवारी प्रदान गरिएको छ|



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell