- पहिलोपोस्ट -
भारतीय माथिल्लो सदनमा नेपाल बहसमा सांसदहरुले उठाएको विषयमा जवाफ दिँदै उनले नेपालको संविधान निर्माणपछि उत्पन्न आन्दोलनकै कारण नाकाबन्दी भएको बताइन्। उनले भारतले नाकाबन्दी गर्न नसक्ने तर्क गर्दै प्रश्न गरिन् – 'हामीले कहाँबाट लाख मानिस ल्याएर नाकाबन्दी गर्छौँ?'
उनले भारतीय विदेश सचिव एस जयशंकरको नेपाल भ्रमणको ढिलाइ भएको सांसदको भनाइको प्रतिवाद गरिन्। कांग्रेसका मणिशंकर एय्यर लगायत अधिकांश सांसदहरुले भारतको कुटनीति र जयशंकरको नेपाल भ्रमणको ढिलाइ बारे प्रश्न उठाएका थिए।
हेर्नुस् भिडियो-
स्वराजले एय जयशंकरको भ्रमणकै बेला नेपाल भारत सीमामा आन्दोलन र हिंसा हुनसक्ने विषयमा सचेत गराइएको बताइन्। संविधान पारित भएपछि भएको एस जयशंकरका भ्रमणका बेला अन्तरिम संविधान अनुसारको समावेशिताको विषय र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र छाडिएकाले संविधान घोषणा रोक्न भनिएको बताइन्। उनले फलस्वरुप सुशील कोइराला सरकारले भारतले भनेकै कारण अहिलेको संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गरेको उल्लेख गरिन्।
उनले अहिलेको अवस्था अन्त्यका लागि भारत सरकारले नेपाल सरकार र मधेसीसँग वार्ताको सहजिकरण गरिराखेको र कुराकानी भइरहेको बताइन्।
संविधानबारे स्वराजको तर्क
नेपालको संविधानमा वैवाहिक अंगिकृत नागरिकताको प्रावधान समाप्त गरिएको स्वराजको आरोप छ। तर नयाँ संविधानमा वैवाहिक अंगिकृत नागरिकताको प्रावधानका उनले गलत तर्क गरिन्। उनले अन्तरिम संविधानमा भएको व्यवस्था हटाइएको भन्ने गलत तर्क गरेकी हुन्।नेपालको संविधान बहसबिना नै पारित भएको उनको आरोप थियो। 'दुई दिनमा बहस नगरी संविधान पारित भयो,' उनले भनिन्। संविधानमा मधेसीको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समावेशिताको विषय सम्बोधन गर्नुपर्ने उनको तर्क छ।
उनले नेपालको संविधान निर्माणको विषयमा नेपाली नेताहरुसँग बारम्बार छलफल गरेको बताइन्। 'एक दिन यस्तो थिएन जब नेपालीसँग भेट हुँदैनथ्यो,' उनले भनिन्।
हामी मानवीयताबाट तल झरेका छैनौं
उनले मधेसीको नाकाबन्दीका बाबजुत आइतबार ८ सय भन्दा धेरै गाडी नेपाल पार गरेको उल्लेख गरिन्। तर भारत सरकारले नेपालमा ओषधि लगायतको अत्यावश्यक सामान पठाउन एयरलिफ्टको प्रस्ताव गरेको बताइन्।'हामी मानवीयताबाट तल झरेका छैनौं। दबाइ पठाइएन भन्नु गलत हो,' स्वराजले भारतीय कांग्रेसका सांसद मणिशंकर एय्यरको प्रश्नमा जवाफ दिँदै भनिन् 'मोदी सरकारले नाकाबन्दी गरेको भन्नु गतल हो, म मोदी सरकारको मन्त्रीको हैसियले भन्दैछु, मोदी सरकारको मन्त्रीको हैसियतले भन्दा चार सय ट्रक पठाउँछु। एयरलिफ्ट गराउँछु भनेँ।'
