- रमेश वाग्ले/पहिलोपोस्ट-
जसका कारण संसद बैठक दुइ घण्टा १५ मिनेट पछि मात्र सुरु हुन सक्यो। संसदको बैठक एक बजेका लागि डाकिएको भएपनि सवा ३ बजे बल्ल सुरु हुन पुग्यो। सुरुमै सभामुखले उपप्रधानमन्त्री थापालाई बोल्नका लागि समय दिइन्।
तर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग आबद्ध रहेका दलहरुले नाराबाजी सुरु गरेपछि बैठकमा थापाले धारणा राख्न पाएनन्। संघीय समाजवादी फोरम, सद्भावना, तमलोपा, तमसपा लगायतका दलहरुले संसदमा नाराबाजी गरेका थिए। उनिहरुले केहीबेर सभामुख आसन अघिको वेल समेत घेराउ गरे।
सभामुख घर्तीले वेल घेराउमा रहेका मधेसी मोर्चाका नेताहरुलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीले सदनलाई महत्वपूर्ण जानकारी दिन लागेको र संविधान संसोधनका लागि अनुमति माग्ने प्रस्ताव समेत राख्न लागेको भन्दै पटक पटक आसन ग्रह्ण गर्न आग्रह गरेका थिइन्।
‘माननीय सदस्यहरु सरकारका उपप्रधानमन्त्रीले सदनले महत्वपूर्ण जानकारी दिन लाग्दै हुनुहुन्छ’ उनले भनिन्, ‘त्यसैले सदन सुचारु गरेर संविधान संसोधनका महत्वपूर्ण काममा सहयोग गर्न म आग्रह गर्दछु।’
उनले पटक पटक गरेको आग्रह अस्वीकार गर्दै मधेसी मोर्चाले ‘मान्छे मार्न पाइदैन’, ‘गृह मन्त्री राजिनामा दे’ भन्दै नारा लगाएका थिए।
आजको बैठकमा पनि मजदुर किसान पार्टीका सांसदहरुले नेपालका लागि भारतीय राजदुत रणजीत रेको फिर्ती माग गर्दै नाराबाजी गरे। उनिहरुले सुनसरीमा एसएसबीले गोली हानेको घटनाको समेत बिरोध गरे। साथै भारतीय राजदुत रणजीत रे लाई ‘फटाहा’ भन्ने शब्द प्रयोग गर्दै नारा लगाए।
नाराबाजी पछि संसदको बैठक सोमबार ११ बजे सम्मका लागि स्थगित भएको छ।
