PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

यस्तो छ प्रमुख दलको साझा प्रस्ताव र पास गरिन लागेको संविधान संशोधन विधेयक



काठमाडौँ : शुक्रबार बसेको प्रमुख दलहरुको बैठकले आन्दोलनरत दलहरुसँग सहमतिका लागि साझा प्रस्ताव तयार पारेको छ।
 

समानुपातिक समावेशी सहभागिता तथा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा संविधानमा संशोधनका निमित्त संसदमा दर्ता भएको संशोधन विधेयकलाई संशोधनार्थ प्रक्रिया अघि बढाउने
. प्रदेशको सिमांकनका सम्बन्धमा छलफल र राजनीतिक सहमतिका आधारमा संविधानमा व्यवस्था गर्ने त्यसका लागि राजनीतिक समिति गठन गरी तीन महिनामा टुंगो लगाउने। 
. आन्दोलनरत दलहरुलाई आन्दोलनका कार्यक्रमहरु फिर्ता लिन आह्वान गर्ने। 

प्रमुख दलहरुले दुई तिहाई बहुमतले पास गर्नका लागि अघि बढाउन लागेको नेपाली कांग्रेसको सरकारका पालामा तत्कालीन कानुन मन्त्री नरहरि आचार्यले असोज २० गते दर्ता गरेको संविधान संशोधन विधेयक यस्तो छ-

 

नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक 

प्रस्तावनाः नेपालको संविधानलाई संशोधन गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो संशोधन जारी गरेको छ ।

१.    संक्षिप्त नाम र प्रारम्भः (१) यस संशोधनको नाम “नेपालको संविधान (पहिलो संशोधन), २०७२” रहेको छ ।
            (२) यो संशोधन तुरुन्त प्रारम्भ हुनेछ ।

२.    नेपालको संविधानको धारा ४२ मा संशोधन : नेपालको संविधान (यस पछि “संविधान” भनिएको) को धारा ४२ को उपधारा (१) मा रहेका “समावेशी सिद्धान्तका आधारमा” भन्ने शब्दहरुको सटृा “समानुपातिक समावेशी सिद्धान्तका आधारमा” भन्ने शब्दहरु राखिएका  छन् । 

३.    संविधानको धारा ८४ मा संशोधन : स‌ंविधानको धारा ८४ को उपधारा (१) को खण्ड (क) मा रहेका “भूगोल र जनसंख्याको आधारमा” भन्ने शब्दहरुको सटृा “जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा” भन्ने शब्दहरु पपो राखिएका छन्। 

४.    संविधानको धारा २८६ मा संशोधन : संविधानको धारा २८६ को,–
            (१) उपधारा (५) को सट्टा देहायको उपधारा (५) राखिएकोछः–
    “(५) निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धारा बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी देहाय बमोजिम गर्नेछ ः–
        (क)    मुख्य रुपमा जनसंख्यालाई आधार मानी जनसंख्या र सदस्य संख्याको अनुपात  यथासम्भव समान हुने गरी,
        (ख)    खण्ड (क) बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक             निर्वाचन क्षेत्र रहने गरी ।”

(२) उपधारा (६) मा रहेका “निर्वाचन क्षेत्र निर्धारण गर्दा” भन्ने शब्दहरु पछि “जनसंख्या र भौगोलिक अनुकूलता,” भन्ने शब्दहरु थपिएका छन् । 
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell