PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​नेपालीको हत्या गरी फेसबुकमा मृतकको भिडियोसहित स्टाटस लेख्‍नेलाई जन्मकैद



​नेपालीको हत्या गरी फेसबुकमा मृतकको भिडियोसहित स्टाटस लेख्‍नेलाई जन्मकैद

बहराइन : आफूसँगै बस्ने सुरक्षा गार्ड दीपेन्द्र बस्नेतलाई मारेर फेसबुकमा जानकारी गराउँदै भिडियो अपलोड गर्ने तिलकुमार गर्बुजालाई त्यहाँको अदालतले जन्मकैदको फैसला सुनाएको छ। मोरङबाट वैदेशिक रोजगारीका लागि यहाँ आएका बस्नेतलाई छुरा प्रहार गरी हत्या गरिएको थियो।

बहराइनको इस्ट रिफामा उनीहरु एकै कोठामा बस्दै आएका थिए। मृतक बस्नेतका दुई सन्ता छन्। उनको घाटी काटिएको छ भने लिंगसमेत छिनालिएको भेटिएको थियो।

रक्ताम्मे भएका बस्नेतको भिडियो खिचेर आफूले हत्या गरेको स्वीकारोक्तिसहित गर्बुजाले आफेसबुकमा स्टाटस अपडेट गरेका थिए। आफुलाई संघर्ष गर्न असहयोग गरेकाले हत्या गरेको भन्दै सहयोग गर्न उनले फेसबुकमा आग्रह गरेका थिए। रिमेन टिपिएम नाममा उनको फेसबकु थियो।

एकै कोठामा रहेका यी दुई निजी कम्पनीका सुरक्षा गार्ड थिए। यौन आशक्तिकासाथ आफूलाई दुर्व्यवहार गरेको भन्दै गर्बुजाले हत्या गरेको दावी अदालतमा गरेका थिए। तर शबको पोस्टमार्टम गर्दा उनले दावी पुष्टि भएन। बस्नेतले कहिल्यै पनि उनलाई यौन दुर्व्यवहार गरेको नखुलेको तथ्य पोस्ट मार्टममा संलग्न डाक्टरले दिएपछि उनलाई जन्मकैदको फैसला सुनाइएको डिटी न्युज नेटकवर्कले जनाएको छ।

यहाँ रहेको नेपाली क्लबका महासचिव जेपी सापकोटाले बस्नेत शान्त र नरम स्वभावका मानिस रहेको जनाएका छन्। ‘समुदायमा दीपेन्द्र बस्नेत साह्रै भलादमी थिए,’ उनले भने

यहाँ स्थित नेपाली राजदूतावासका तृतीय सचिव ओमकुरमा भण्डारीले बस्नेत सेक्युरीकोर कम्पनीका कामदार रहेको जानकारी दिए। उनको शव नेपाल पठाउने व्यवस्था दूतावासले गरिरहेको भण्डारीले जानकारी दिए। ‘बहराइनमा रहेकामध्ये नेपालीहरु शान्त स्वभावका मानिस हुन्। यो घटना एकदमै अप्रत्यासित छ,’ भण्डारीले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell