PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​फोटोमा हेर्नुस् नाकाबन्दी विरुद्ध जर्मनीमा नेपालीहरुको प्रदर्शन



​फोटोमा हेर्नुस् नाकाबन्दी विरुद्ध जर्मनीमा नेपालीहरुको प्रदर्शन
फोटोहरु सबै : अमर गोर्खाली

बर्लिन- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनी, नेपाली जनसम्पर्क समिति र जर्मनीमा रहेका नेपाली बिद्यार्थीहरुले भारतले नेपालमा लगाएको नाकाबन्दी हटाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनमा भारतीय दूताबास अगाडि प्रदर्शन गरेका छन्।

जर्मनीमा रहेका नेपाली संघ संस्था र नेपाली विद्यार्थीहरु भारतीय दूतावास अगाडि जम्मा भएर करिब दुई घण्टा प्रदर्शन गरेका थिए। उनीहरुले भारतविरुद्ध नाराबाजी समेत गरे। नेपाली समुदायले नेपालको आन्तरिक राजनीतिक हस्तछेप बन्द गर, यो आर्थिक नाकाबन्दी मात्र हैन यसले औषधी इन्धन पनि रोकेको छ, नेपालको पारवहन अधिकार सुनिश्चित गर जस्ता नारा लेखिएका प्लेकार्ड लिएका थिए।

शुक्रबार भएको प्रदर्शनमा भाग लिन जर्मनीका बिभिन्न शहरबाट नेपालीहरु बर्लिनमा जम्मा भएका थिए। प्रदर्शनमा एनआरएन प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, संरक्षक दिल गुरुङ साथै युरोप भ्रमणमा रहेका गायक शिव परियार, मिलन आमत्य, हास्यकलाकार सन्दीप क्षेत्री पनि सहभागी भएका थिए।

आयोजकमध्येका एक नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति बिजय मोक्तानका अनुसार नाकाबन्दीका कारण बिद्यालय बन्द रहेको, अस्पतालमा औषधी सकिएकाले भारतको नाकाबन्दीको विरोधमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको जानकारी दिए।

मोक्तानले बिरोधपछि भारतीय दूताबासमा ज्ञापनपत्र समेत बुझाएको बताए। एनआरएनका उपाध्यक्ष कुमार पन्तले भारतीय नाकाबन्दीले मुलुकमा अत्यावश्यक औषधीहरुको अभाव भएर ठूलो मानवीय संकट उत्पन्न भएकाले औषधी आपूर्तिका लागि गैर आवसीय नेपाली संघले यथासिघ्र दस करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको बताए। 














@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell