PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शीतल निवासबाट हेलिकप्टरमा एयरपोर्ट पुगिन् राष्ट्रपति



पहिलोपोस्ट

शीतल निवासबाट हेलिकप्टरमा एयरपोर्ट पुगिन् राष्ट्रपति
फाइल फोटो

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक शीतल निवासदेखि एयरपोर्ट हेलिकप्टरमा पुगेकी छिन्। म्यानमार भ्रमणमा जाने क्रममा बुधबार बिहान शीतल निवासबाट एयरपोर्ट हेलिकप्टरमा पुगेकी हुन्।

ट्राफिक व्यवस्थालाई ध्यानमा दिँदै स्थलमार्गको सट्टा हवाइमार्ग प्रयोग भएको एक सुरक्षा अधिकारीले जानकारी दिए। ती अधिकारीले भने ‘ट्राफिक व्यवस्थापनमा समस्या नहोस् भनेर हेलिमार्फत एयरपोर्ट जानुभएको हो।’

सडक दुबैतर्फी बन्द गरेको भन्दै आलोचना समेत हुने गरेको थियो।

भण्डारी बुधबार म्यानमार प्रस्थान गरेकी हुन्। 

नेपाली सेनाले भिभिआइपीका लागि भन्दै केही समयअघि हेलिकोप्टर खरिद गरेको थियो। एक अर्ब ७० करोड रुपैयाँमा किनेको हेलिकप्टर राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग हुनेछ।

एडब्लु (अगष्टा वेस्टल्याण्ड) -१३९ मोडलको हेलिकोप्टरको कलसाइन ९ एन-आरएम हो।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीका लागि किनेको १ अर्ब ७० करोडको हेलिकप्टर काठमाडौंमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell