PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वामदेवको योजना : ओली र प्रचण्ड-माधव समूहका 'सेकेन्ड जेनरेशन'लाई आफ्नो समूहमा एकताबद्ध गर्ने



वामदेवको योजना : ओली र प्रचण्ड-माधव समूहका 'सेकेन्ड जेनरेशन'लाई आफ्नो समूहमा एकताबद्ध गर्ने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड-माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडी बढाउने बताएका छन्।

बिहिबार कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउन निजामति अस्पताल बानेश्वर पुग्नुभएका गौतमले पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने योजना सुनाएका हुन्।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अझैपनि एकताको पक्षको नआएको उनले बताए। त्यसैले एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिने सम्मको अवस्था सिर्जना गर्ने उनको भनाई छ।

भने ‘एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भएको छैन। मेरो चाहिँ प्रयत्न के छ भने केपी ओली तिर रहेका सेकेन्ड जेनेरेशनका र प्रचण्डतिर रहेका सेकेन्ड जेनेरेशनका कमरेडहरुलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठुलो पंक्ति तयार गर्ने र एकताको पक्षमा र जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने। यो अभियान अब हामिले चलाउँदै छौँ र चारैतिरबाट यि दुइटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला।'

उनले पार्टी एकताका लागिस पहिला ओली र प्रचण्डबिच नै एकता आवश्यक रहेको भन्दै भने, 'पहिलो एकता केपी र प्रचण्डबीचकै एकतालाई हो। अरुले एकता गर्दैमा त्यो एकता हुँदैन। जनताले मान्दैन, विश्वले पनि मान्दैन। दुईटालाई एकताबद्ध गरेपछि फेरी या पार्टी एकताबद्ध भयो भन्ने हुन्छ। तर उहाँहरुलाई त्यो एकतामा ल्याउनको निम्ति उहाँहरुको वरिपरि बसेकाहरुलाई घेराबन्दी तोडेर एकताको पक्षमा रहेको नेपाली जनताको शक्ति, कम्युनिष्ट आन्दोलन प्रति शुभचिन्तक समर्थन गर्ने शक्तिले घेराबन्दी गरेर अन उहाँहरुलाई एकताबद्ध गराउने पक्षमा म छु।’

उपाध्यक्ष गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागि एकता अभियानमा लाग्ने स्पष्ट पारे। पार्टी एकताको निम्ति आह्वान गर्ने नेताको पक्षमा आफु उभिनसक्ने पनि उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell