PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुरक्षा परिषद् बैठक : निर्वाचन सुरक्षा र विप्लव समूहबारे भयो छलफल



सुरक्षा परिषद् बैठक : निर्वाचन सुरक्षा र विप्लव समूहबारे भयो छलफल

काठमाडौं : प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा छलफल भएको छ। यस्तै विपल्व समूहको विषयमा समेत छलफल भएको जनाइएको छ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र  प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी थिए।

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell