PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कञ्चनपुर पुगेर प्रधानमन्त्री ओलीले दैजी छेला औद्योगिक क्षेत्रको गरे शिलान्यास



पहिलोपोस्ट

कञ्चनपुर पुगेर प्रधानमन्त्री ओलीले दैजी छेला औद्योगिक क्षेत्रको गरे शिलान्यास

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर पुगेर दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमवार कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्।

प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ। २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन।

नौ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो। औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ।

औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन्, जसबाट ३० हजार बढीले रोजगार पाउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell