PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सडकमा जनप्रदर्शन गर्नुको विकल्प 'खुल्लामञ्च', के पहिला जस्तै सभा गर्न सकिन्छ ?



सडकमा जनप्रदर्शन गर्नुको विकल्प 'खुल्लामञ्च', के पहिला जस्तै सभा गर्न सकिन्छ ?

काठमाडौँ :  प्रतिनिधसभा विघटनपछि काठमाडौंमा दैनिक प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। विघटनपछि दुई समूहमा विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहसँगै अन्य दल समेत सडक संघर्षमा छन्। नागरिक समाजपनि सरकारविरुद्ध सडकमा ओर्लिएको छ। जसकारण दिनहुँ सडकमा प्रदर्शन देख्न सकिन्छ। प्रदर्शनका कारण सडकमा गुड्ने सवारी साधनको निर्वाध प्रयोगमा अवरोध पुग्ने गरेको छ।

माघ २३ गते प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले नारायणहिटी बाहिर प्रदर्शन गर्‍यो। माघ २८ गते प्रचण्ड नेपाल समूहले रत्नपार्क र भद्रकालीको बीच मञ्च बनाएर विरोध सभा गरे। यस अघि पनि त्यहीँ नै प्रचण्ड नेपालले विरोध कार्यक्रम आयोजना गरेका थिए। यसरी सडकमा नै शक्ति देखाउने होड चल्दा काठमाडौं दिनभर अस्तव्यस्त भयो। सवारीसाधनको संचालनमा अवरोध पुगे भने यात्रु अलपत्र परे। त्यसैलै सडकमा जनप्रदर्शन गर्नुको सट्टा खुल्लामञ्चलाई ब्युताउँनुपर्ने माग उठेको थियो।

कुनै समय थियो जब खुल्लामञ्चमा भाषण गुञ्जिन्थे तब नजिकै रहेको राजदरबारदेखि सिंहदरबार तर्सिन्थे। लोकतन्त्र गणतन्त्र स्थापना गर्न यही खुल्लामञ्च केन्द्र बनेको थियो राजनीतिक दलहरुको।

तर नेतालाई नेता बनाउने खुल्लामञ्चलाई सत्तामा पुगेकाहरुले बिर्सिए। खुल्लामञ्चलाई ठेकेदारको हातमा सम्पियो। पुरानो बसपार्कमा बहुप्रयोजनको भ्यू टावर बनाउने भन्दै वर्तमान राजनीतिक नेतृत्वको उद्गमस्थल खुल्लमञ्चलाई साँघुरो बनाइयो। खुल्लामञ्चको आधा भागमा बसपार्क सारियो। भूकम्पपछि बाँकी रहेको आधा भागमा पुनर्निर्माणका सामान भण्डारण गर्न दिनुका साथै पार्किङस्थल बनाउन काठमाडौं महानगरले अनुमति दियो। त्यहाँ सभाहरु हुन बन्द भए। जसकारण त्यहाँहरु सभा, भेलाहरु माइतीघर 'सिफ्ट' भए। जनमत अभिव्यक्त गर्ने र अधिकार खोज्न सडक मै ओर्लिन बाध्य भए नागरिकहरु।

एक वर्षअघि खुल्लामञ्चलाई खुल्ला बनाउने र त्यही नै राजनीतिक अभियान पुन: संचालन गर्ने प्रयास भएका थिए। बृहत टुंडिखेल अन्तर्गत खुल्लामञ्चलाई खुल्ला बनाउन सुरु भएको अभियानलाई खासै महत्व दिइएन। माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्न तत्पर देखिएको सरकार 'ओपन स्पेस' खुल्लामञ्चलाई ब्युताउने पक्षमा देखिएन। बरु जनतालाई प्रदर्शन गर्न बाट रोक्न नै उद्दत रह्यो। अहिले प्रतिनिधसभा विघटनपछि बढ्दो जनप्रदर्शनपछि फेरि खुल्लामञ्चलाई खुला गर्ने प्रयासका लागि दबाब बढ्दै गएको छ। जसमा काठमाडौं महानगरसमेत सकारात्मक देखिएको छ।

नागरिकहरुबाट दबाब बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले खुल्लामञ्चलाई खुला गर्न पहल सुरु गरेको छ।  हाल खुलाखमञ्चको आधा भागमा वीर अस्पताल र दरबार हाइ स्कूल पुनर्निर्माणको क्रममा आवश्यक निर्माण सामाग्री राखिएका छन्। यस्तै, खुल्लामञ्च बाहिरबाट आउने हेभी गाडीहरुको पार्किङस्थल समेत बनेको छ। यता आधार खुल्लामञ्चमा बसपार्क नै संचालित छ। अहिले भने महानगरपालिकाले आधा भागमा पुनर्निर्माण सम्पन्न भएका पूर्वाधारको संरचना निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको छ।

काठमाठौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि महानगरपालिकासँग गरेको आग्रह अनुसार खुल्लामञ्चमा ठाउँ उपलब्ध गराइएको थियो। कोभिड१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुल्लामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको उनले बताए।  उनले महानगरपालिकाले असल नियतले ठाउँ उपलब्ध गराएको र काम सकिँदा समेत सामाग्री नहटाइएको भन्दै अब खुल्लामञ्च खुला गर्नुको अर्को विकल्प नरहेको बताए।

भने, 'दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भै सकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ। अब हामी छिट्टै खुल्लामञ्च खुला गर्छौ।'

अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुल्लामञ्चमा ठुला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्ने तयारी भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell