PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओलीको जनप्रदर्शन दरबारमार्गमा, सार्वजनिक यातायात भने बालाजुबाटै फर्काइयो



ओलीको जनप्रदर्शन दरबारमार्गमा, सार्वजनिक यातायात भने बालाजुबाटै फर्काइयो

काठमाडौं : प्रतिनिधिसभा विघटनको पक्षमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जनप्रदर्शन हुँदैछ। नारायणहिटी दरबार संग्राहलय बाहिर ‌ओली सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी छ।

प्रतिनिधिसभा विघटनपछि दुई समूहमा विभाजित भएको नेपाल कम्युनिष्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूहलाई 'काउन्टर' दिन भन्दै ओली समूहले जनप्रदर्शन आयोजना गरेका हुन्। त्‍यसका लागि दरबारमार्ग, नागपोखरी, केशरमहलदेखि नारायणहिटी आउने बाटो बन्द गरिएको छ।

प्रदर्शनलाई मध्यनजर गर्दै रत्नपार्क- एनएसी रुटमा चल्ने सवारीसाधन संचालनमा अवरोध गरिएको छ। बालाजुबाट रत्नपार्क-एनएसी आउने सबै सार्वजनिक यातायातलाई बालाजु चोकबाट नै फर्काइएको छ। सभाहुने स्थानभन्दा दुई किलोमिटर परबाट नै सार्वजनिक यातायातलाई ट्राफिक प्रहरीले डाइभर्ट गरिरहेका छन्। जसकारण काममा हिँडेकाहरु सर्वसाधरणहरु बीच बाटोमा बिचल्लीमा परेका छन्।

सोह्रोखुट्टेसम्म यातायात संचालन गर्न दिएपनि राहत हुने भन्दै यात्रुहरुले ट्राफिकलाई आग्रह गरेपनि 'माथिको आदेश' भन्दै ट्राफिकले बालाजु चोकबाट गाडीहरु फर्काएका थिए।

यस्तै, बुढानिलकण्ठ – रत्नपार्क रुटमा संचालन हुने सवारीसाधन संचालनमा समेत अवरोध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell