PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बाहिर प्रचण्ड माधव पक्षको स्टेज बन्दै, आरआरभित्र ओलीको पक्षमा नाराबाजी : गेटमा प्रहरी तैनाथ



बाहिर प्रचण्ड माधव पक्षको स्टेज बन्दै, आरआरभित्र ओलीको पक्षमा नाराबाजी : गेटमा प्रहरी तैनाथ

काठमाडौं : सडकमा ओर्लिएको नेकपाले अझ काठमाडौंमा सरकारविरुद्ध आन्दोलन गर्दैछ। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेतृत्वमा रहेको नेकपाले रत्नपार्कमा प्रदर्शन गर्न लागेको हो।

प्रतिनिधि सभा विघटनपछि सत्ताबाट सडकमा झरेको नेकपाले काठमाडौंमा पटकपटक शक्ति प्रदर्शन गर्न थालेको छ। आज दुई लाख मानिस काठमाडौंमा उतार्ने र उपत्यका अस्तव्यस्त पार्ने उर्दी नेताहरुले गरिसकेका छन्। यसका लागि आन्दोलनकारीले बिहानैबाट बाटो कब्जा गर्न थालेको छ। प्रदर्शनीमार्गको क्याम्पसक्षेत्रमा गाडी छिर्न प्रहरीले रोक्न थालेको छ।

यसैबीच प्रदर्शनीमार्ग क्षेत्रमा पर्ने आरआर क्याम्पसभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नाराबाजी चलेको छ। बाहिर स्टेज बनिरहेको बेला आरआरमा नाराबाजी चलेपछि क्याम्पस गेटमा अहिले प्रहरी तैनाथ गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell