PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेकपाको प्रदर्शनलाई बिहानैबाट 'बाटो कब्जा', क्याम्पस क्षेत्रमै सवारी साधनलाई छैन इन्ट्री

नेकपाको प्रदर्शनलाई बिहानैबाट 'बाटो कब्जा', क्याम्पस क्षेत्रमै सवारी साधनलाई छैन इन्ट्री


काठमाडौं : सडकमा ओर्लिएको नेकपाले अझ काठमाडौंमा सरकारविरुद्ध आन्दोलन गर्दैछ। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेतृत्वमा रहेको नेकपाले रत्नपार्कमा प्रदर्शन गर्न लागेको हो।

प्रतिनिधि सभा विघटनपछि सत्ताबाट सडकमा झरेको नेकपाले काठमाडौंमा पटकपटक शक्ति प्रदर्शन गर्न थालेको छ। आज दुई लाख मानिस काठमाडौंमा उतार्ने र उपत्यका अस्तव्यस्त पार्ने उर्दी नेताहरुले गरिसकेका छन्। यसका लागि आन्दोलनकारीले बिहानैबाट बाटो कब्जा गर्न थालेको छ। प्रदर्शनीमार्गको क्याम्पसक्षेत्रमा गाडी छिर्न प्रहरीले नै रोक्न थालेको छ।

केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको निर्देशिकामा देशभरबाट आएका नेता कार्यकर्तालाई बिहान पौने ११ भित्र सम्बन्धित आर्कमा उपस्थित हुन उर्दी गरेको छ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिबाटीका, त्रिचन्द्र कलेज, वाल्मिकी कलेजलाई आर्क तोकिएको छ।

ती आर्कहरुमा कसले नेतृत्व गर्ने भनी जिम्मेवारीसमेत तोकिएको छ। जसमध्ये प्रदर्शनी मार्गमा घनश्याम भुसाल र जनार्दन शर्मा, शान्तिबाटिकामा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई, त्रिचन्द्र कलेजमा देव गुरुङ र रामकुमारी झाँक्री, वाल्मिकीमा अमृत बोहोरा र मुकुन्द न्यौपाने, कुपन्डोलमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त लगायत, माइटीघरमा गणेश साह, गिरिराजमणि पोखरेल, मातृका यादव,  लीलामणि पोखरेललगायत, डिल्लीबजारमा वर्षमान पुन, वेदुराम भुसाललगायत, लैनचौरमा भीम रावल, शक्तिबहादुर बस्नेत लगायत, त्रिपुरेश्वरमा देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पौडेललयात खटिँदैछन्।



ट्रेन्डिङ पोस्ट

Ncell