PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, कति पुग्यो मूल्य?



पहिलोपोस्ट

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, कति पुग्यो मूल्य?
फाइल फोटो

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढाएको छ। सोमबार रातिदेखि लागू हुनेगरि निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको हो।

समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम हुनेछ।

मूल्य समायोजनपछि पनि पेट्रोलमा ५ रुपैयाँ ३४ पैसा, डिजेलमा दुई रुपैयाँ ९६ पैसा प्रतिलिटिर घाटा रहेको निगमले जनाएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको जनाइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell