PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जी न्यूजको सगरमाथा प्रवेश प्रकरण : कसलाई कारबाही गर्ने अन्योलमा निकुञ्ज विभाग, दृश्यमा सिम्रिक एयर



विधुर ढकाल

जी न्यूजको सगरमाथा प्रवेश प्रकरण : कसलाई कारबाही गर्ने अन्योलमा निकुञ्ज विभाग, दृश्यमा सिम्रिक एयर

काठमाडौं : भारतीय टेलिभिजन च्यानल जी न्यूज र अनलाइन डब्लुओआईएनले सगरमाथा क्षेत्रमा अनुमतिबिना छायांकन गरेपछि कारबाही कसलाई गर्ने भन्ने द्विविधामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग परेको छ।

जी न्यूजका प्रधान सम्पादक सुधीर शर्मा र डब्लुओआईएनकी पाल्की शर्मा उपाध्याय नेपाल-चीन सामरिक महत्त्वको संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जभित्र बिना अनुमति कार्यक्रम छायांकन गरी प्रसारण गरेका थिए।

त्यसरी छायांकन गर्नुपूर्व विभागबाट अनुमति लिइ विभागको एक जना सम्पर्क अधिकृतलाई साथमा राखेर छायंकन गर्नुपर्ने व्यवस्था उल्लंघन गर्दै उनीहरु सिम्रिक एयरको हेलिकोप्टरबाट निकुञ्ज प्रवेश गरी छायांकन गरी कार्यक्रम प्रसारण गरिसकेका छन्।

कार्यक्रम प्रशारण भइसकेपछि मात्र विभाग र सगरमाथा राष्ट्रिय निकुञ्जले जानकारी पाएको थियो।

सम्बन्धित समाचार :

चीनसँग जोडिएको भूगोलमा अनुमतिविनै जी न्युज, प्रधानमन्त्रीका पाहुना लाग्दा रअ प्रमुख पनि थिए पुगेका

त्यसरी कार्यक्रम छायांकन गर्दा निमयको उल्लंघन त भयो तर, कसलाई कारबाही गर्ने विषयमा विभाग अन्योलमा परेको छ।

'आउनेहरु आए छायांकन गरे गए। देश छाडिसके। उनीहरुलाई कारबाही गर्न सम्भव देखिएन्,' विभागका निमित्त प्रमुख हरिभद्र आचार्यले पहिलोपोस्टसँग भने, 'नियम उल्लंघन भयो। यस विषयमा कसलाई के कारबाही गर्ने भन्ने अनुसन्धानपछि थाहा होला।'

उनले छायांकन टोलीलाई त्यहाँ लैजाने सिम्रिक एयरसँग स्पष्टीकरण सोध्न सकिने बाटो रहेको बताए।

'सिम्रिक एयरलाई स्पष्टीकरण सोध्न सकिने ठाउँ रह्यो,' उनले भने, 'स्पष्टीकरण सोधिसकिएको त छैन। तर छानबिन गर्दा सोध्न सक्ने एउटामात्र ठाउँ भनेको सिम्रिक मात्र देखियो।'

नियम उल्लंघन गर्नेलाई तत्कालीन कारबाहीको व्यवस्थाबाट पनि सुधीर शर्माको टोली र जी न्यूजसहितको टोली देशबाहिर रहेकोले सम्भव नभएको उनले बताए।

'त्यसरी अनुमति नलिइ कोही प्रवेश गर्दैछ भने तत्काल निकुञ्जले दोब्बर शुल्क तिराएर प्रवेश गराउन सक्ने व्यवस्था छ,' उनले भने, 'उनीहरु आइकन पनि गइसके त्यो पनि सम्भव भएन्।'

अहिलेलाई तत्काल सिम्रिक एयरसँग जरिवाना तिराउन सक्ने बाटोमा मात्र रहेको विभागका निमित्त प्रमुख आचार्यले बताए।

'सिम्रिक यहीँ छ। उसले त्यहाँ ल्याण्ड गरेको होभरिङ गरेको शुल्क तिरेको देखिएन्। सगरमाथा राष्ट्रिय निकुञ्जले उसलाई तत्काल दोब्बर शुल्क लिन सक्छ,' उनले भने।

अरु के कारबाही गर्ने भन्ने छानबिनपछि टुंगो लाग्ने उनको भनाइ छ। निकुञ्जभित्र हेलिकोप्टर अवतरण र आसपास होभरिङका लागि एक पटकका लागि सात हजार पाँच सय रुपैयाँ लाग्ने व्यवस्था छ। त्यस्तै छायांकन गर्नुपूर्व नेपालीले १० हजार रुपैयाँ, सार्क मुलुकका नागरिकले ५० हजार रुपैयाँ र तेस्रो मुलुककाले एक हजार ५०० अमेरिकी डलर तिर्नुपर्ने ब्यवस्था छ।

यो पनि पढ्नुहोस्:

प्रधानमन्त्रीका प्रिय पाहुना!

सगरमाथाको बेसक्याम्पमा पुगेर सुधीर चौधरीले भने : माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell