PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बाइडेनको शपथमा म जान्नँ : डोनाल्ड ट्रम्प



बाइडेनको शपथमा म जान्नँ : डोनाल्ड ट्रम्प
Photo : Reuters

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरी २० मा नयाँ राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी नहुने भएका छन्।

ट्वीट गर्दै ट्रम्पले आफू शपथ समारोहमा नजाने बताएका हुन्। यससँगै सत्ता हस्तान्तरण कार्यक्रममा सहभागी नहुने ट्रम्प चौथो राष्ट्रपति बन्ने भएका छन्।

यसअघि सन् १८६९ मा एन्ड्रिउ जोनसन आफ्नो उत्तराधिकारी उलिसेस ग्रान्टको शपथग्रहणमा सहभागी भएका थिएनन्।

बुधबार अमेरिकाको दुबै सदनको संयुक्त बैठकले राष्ट्रपति पदमा बाइडेनको जितलाई प्रमाणित गरेको थियो। ट्रम्पले भने निर्वाचन प्रक्रियामा नै आफ्नो असहमति जनाउँदै आएका छन्। उनले आफूले निर्वाचन परिणाम अस्वीकार गरे पनि बाइडेनलाई व्यवस्थित तरिकाले शक्ति हस्तान्तरण गर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell