PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीलाई गलाउन देशभर सडक संघर्षमा प्रचण्ड - माधव समूह, भृकुटीमण्डपमा ४० हजार मान्छे उतार्ने तयारी



ओलीलाई गलाउन देशभर सडक संघर्षमा प्रचण्ड - माधव समूह, भृकुटीमण्डपमा ४० हजार मान्छे उतार्ने तयारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड- माधव नेपाल समूहले सडक संघर्षलाई सशक्त बनाउँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै यो कदम असंवैधानिक भन्दै प्रचण्ड माधव पक्ष सडक संघर्षमा उत्रेको हो।

यसैको विरोधमा यो समूहले आज देशभर प्रदर्शन गर्दैछ। वागमती प्रदेशको आन्दोलनलाई काठमाडौंमा केन्द्रित गरिने छ। राजधानीको भृकुटीमण्डपमा आमसभा हुने तयारी छ। भृकुटीमण्डपमा हुने आमसभालाई प्रचण्ड-नेपालसँगै सचिवालय सदस्यले सम्बोधन गर्नेछन्। काठमाडौंमा हुने सभामा उपत्यका भित्रका विभिन्न स्थानीय तहबाट जुलुस निकाल्ने तयारी छ। त्यसकालागि पनि कार्यकर्ता परिचालन भइसकेको नेता अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। काठमाडौंमा कम्तिमा पनि ४० हजार मानिसलाई प्रदर्शनमा सहभागी गराउने प्रचण्ड-नेपाल समूहको दाबी छ। 'कम्तिमा पनि ४० हजार मानिसको इस्टमेट गरेका छौं। त्यति मानिसलाई ब्यवस्थित गर्नेगरी हामीले तयरी गरिरहेका छौं,' उनले भनिन्।

ओलीलाई सडकबाटै संसद पुनस्थापन गर्न बाध्य पार्ने उद्देश्यले बिरोधका कार्यक्रम तय भएको उनले बताइन्। 'सडक संघर्ष गरेर भए पनि ओलीको कदमको विरोध गर्ने र संसद विघटन भएको छैन भन्ने हाम्रो अडान हो,' उनले भनिन्।

शाक्यले संसद विघटन नभएकाले सभामुखलाई संसद बोलाउन आफूहरुले आग्रह गरिरहेको जानकारी दिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell