PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

शंकर पोखरेललाई संविधान पढ्न गगनको सुझाव, ‘बहुमत पुर्‍याए म एक्लै प्रधानमन्त्री बन्न सक्छु’



पहिलोपोस्ट

शंकर पोखरेललाई संविधान पढ्न गगनको सुझाव, ‘बहुमत पुर्‍याए म एक्लै प्रधानमन्त्री बन्न सक्छु’

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संसद भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन्।

नेपालगंजमा आयोजित कांग्रेसको विरोधसभालाई सम्बोधन गर्दै थापाले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीले गरेको संसद विघटनबारे कुतर्क गरेको आरोप लगाए। उनले मुख्यमन्त्री शंकर पोखरेललाई संविधान पढ्न सुझाव समेत दिए। ‘संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटन गर्न पाइँदैन। एउटा अवस्थामा मात्र मिल्छ। यो संसदले प्रधानमन्त्री बनाउनै सकेन भने मात्र विघटन हुन्छ,’ थापाले भने।

थापाले कार्यक्रममा मुख्यमन्त्री पोखरेललाई कटाक्ष गरे:

प्रधानमन्त्री केपी ओली समूहका यहाँको मुख्यमन्त्री शंकर पोखरेलले गरेको तर्क हेर्नुस्। उहाँको तर्क छ, संसद विघटन गर्नुभन्दा पहिला केपी ओलीसँग बहुमत भएकोले यो संसदबाट कुनै पनि सरकार बन्दैनथ्यो।

माफ गर्नुहोला कमरेड । यो संविधान एकपटक फेरि पढ्नुस्। स्पष्टसँग के लेखिएको छ भने संसदबाट पार्टी होइन एउटा व्यक्ति सांसद गगन थापाले समेत म प्रधानमन्त्री बन्छु भनेर हस्ताक्षर पुर्‍याए भने म नै व्यक्तिलाई समेत प्रधानमन्त्री बन्ने अधिकार संविधानमा उल्लेख छ। किनभने संसद विघटन नहोस्। बहुमतले बनाओस। एउटा पार्टीले नसके दुइटा पार्टी मिलेर बनाओस्। दुइटा पार्टीले बहुमत नल्याए ठूलो पार्टीले बनाओस्। त्यो पनि नभए एउटा व्यक्ति सांसदले यदि बहुमत पुर्‍याउँछ भने उसैले बनाओस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell