PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पार्टी एकताको पक्षमा वामदेव, भन्छन् '‌ओली र प्रचण्ड दुवैले पार्टी फुटाउन लागे,गुट बैठकमा जादिनँ'



पार्टी एकताको पक्षमा वामदेव, भन्छन् '‌ओली र प्रचण्ड दुवैले पार्टी फुटाउन लागे,गुट बैठकमा जादिनँ'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू संसद विघटनको विपक्षमा रहेपनि पार्टी एकताको पक्षमा उभिने बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष गुटगट भेलामा जुटेका छन्। तर वामदेवले आफू कुन पक्षमा भनेर अहिलेसम्म प्रस्ट पारेका छैनन्। उनी प्रचण्ड नेपाल पक्षले बोलाएको बैठकमा समेत गएनन्।

यसबीच गौतमले एक विज्ञप्ती निकाल्दै आफू पार्टी एकताविरुद्ध फुटको साक्षी बस्न कतै नजाने बताएका हुन्।

मन्त्रिपरिषद्ले संसद भंग र मध्यवधी निर्वाचनको सिफारिस गरेपछि राष्ट्रपतिसँग कुरा गर्न चाहेको तर सम्भव नभएको भन्दै संसद विघटन गर्नु दुःखद् घटना भएको बताएका छन्।

पार्टीमा अहिले वारपारको अवस्था सिर्जना भएको भन्दै वामदेवले पार्टी फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय गरेको बताएका छन्।

'फेरि पनि पार्टी एकताको पक्षमा छु। त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु' उनले उल्लेख गरेका छन्।

वामदेवले ओली र प्रचण्डकले आयोजना गरेको भेला पार्टी फुटाउनकै लागि भएको भन्दै फुटको साक्षी बस्न आफू नजाने उनले बताएका हुन्।

'म यो पार्टी एकीकरण गराउनेमध्येको नेता हुँ। त्यसैले अहिले पनि एकताको पक्षमा म छु। संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु। तर, दुबैतिरका भेलामा मेरो उपस्थिति हुँदैन। मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ' उनले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell