PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु



पहिलोपोस्ट

संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु

काठमाडौं : संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्।

परिषद्को बैठक लगातार अवरुद्ध भएपछि मन्त्रिपरिषदले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेशका लागि सिफारिस गरेको थियो। मंगलवार बसेको बैठकले गरेको सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै यसलाई जारी गरेकी थिइन्।

अध्यादेशले हाल कायम रहेको निर्णयमा सर्वसम्मत हुने व्यवस्थालाई हटाएर बहुमतीय बनाएको छ। यस्तै, गणपुरक संख्याका लागि यसअघि अध्यक्ष र कम्तीमा चार सदस्य उपस्थित हुनुपर्ने व्यवस्था रहेकोमा अब अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्यको उपस्थिति भएमा परिषद्को बैठक बस्न सक्ने व्यवस्था गरेको छ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने परिषद्को बैठक बहिस्कार गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell