PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

के ट्रम्पको दबाबमा अमेरिकामा 'फाइजर भ्याक्सिन'ले पायो आपतकालिन प्रयोगको स्वीकृति ?



के ट्रम्पको दबाबमा अमेरिकामा 'फाइजर भ्याक्सिन'ले पायो आपतकालिन प्रयोगको स्वीकृति ?
Photo : Reuters

अमेरिकामा कोरोना भाइरस संक्रमणविरुद्ध आपतकालिन प्रयोगका लागि ‘फाइजर भ्याक्सिन’ को प्रयोग गर्न स्वीकृति मिलेको छ। युएस  फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसन (एफडीए) ले फाइजर र बायोएनटेकले उत्पादन गरिरहेको भ्याक्सिन प्रयोग गर्न स्वीकृति दिएको हो।

उक्त भ्याक्सिन कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्याक्सिनले स्वीकृति पाएसँगै २४ घण्टा भित्रै भ्याक्सिनको डोज लगाउने काम सुरु हुने बताएका छन्।

आफ्नो कार्यकालको अन्तिम समयमा रहेको ट्रम्प प्रशासनले फाइजरलाई स्वीकृति दिन एफडीएलाई दबाब दिँदै आएको स्थानीय संचारमाध्यमहरुको दाबी छ।

मिडिया रिपोर्टहरुका अनुसार ट्रम्प प्रशासनले एफडीएका पप्रुख स्टेफेन हानलाई आपतकालिन प्रयोगका लगि भ्याक्सिन प्रयोग गर्न स्वीकृति दिन अथवा राजीनामा दिन दबाब दिएको थियो। तर स्टेफेनले भने ती मिडिया रिपोर्टहरुको दाबी खारेज गरेका छन्।

उनले आफू पनि भ्याक्सिन लगाउन तयार भएको भन्दै एजेन्सीले भ्याक्सिनको परीक्षणमा कुनै सम्झौता नगरेको बताएका छन्। उनले भ्याक्सिनलाई स्वीकृति दिन कुनै दबाब नआएको समेत बताएका छन्।

अमेरिकामा भ्याक्सिनको पहिलो डोज वृद्धवृद्धा, स्वास्थ्यकर्मी र आपतकालिन सेवामा खटिरहेका कर्मचारीहरुलाई प्रदान गरिने जनाइएको छ।

यसअघि बेलायत, क्यानडा, बहराइन र साउदीले फाइजर भ्याक्सिन प्रयोग गर्न स्वीकृति दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell