PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पुस १ गतेदेखि भक्तपुर नगरपालिकामा ८ देखि १० कक्षाको पढाइ सुरु हुने



पुस १ गतेदेखि भक्तपुर नगरपालिकामा ८ देखि १० कक्षाको पढाइ सुरु हुने

भक्तपुर : भक्तपुर नगरपालिकाभित्र रहेका विद्यालयहरुमा पुस १ गतेदेखि ८, ९ र १० कक्षाहरू संचालन हुने भएका छन्।

भक्तपुर नगरपालिका प्रमुख एवम् भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले कोभिड १९ महामारीको कारण लामो समयदेखि बन्द रहेको विद्यालय संचालन गर्ने निर्णय गरेको हो।

विद्यार्थी सङ्ख्या १०० भन्दा कम भएका नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरी कक्षा ८, ९ र १० को कक्षा आलोपालो गरी सञ्चालनको सुरूवात गर्ने निर्णय गरिएको हो।

अहिले विद्यालयहरूले अनलाइन तथा भर्चुअल विधिबाट वैकल्पिक कक्षाहरू संचालन गरिरहेकोमा सरोकारवाला सबैको समन्वयमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम नगरभित्रका विद्यालयहरूमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी चरणबद्ध रुपमा कक्षा संचालन गर्दै जाने निर्णय बैठकले गरेको हो।

भौतिक उपस्थितिमा हुने कक्षासँगै वैकल्पिक शिक्षण विधिलाईसमेत निरन्तरता दिइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell