PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पशुपतिमा आधुनिक शवदाह गृह संचालनमा, दाउराको प्रयोग ६० प्रतिशत कम हुने



पशुपतिमा आधुनिक शवदाह गृह संचालनमा, दाउराको प्रयोग ६० प्रतिशत कम हुने

काठमाडौं : पशुपती क्षेत्रमा आधुनिक शवदाह गृह संचालनमा ल्याइएको छ। एभरेष्ट बैंक लिमिटेडको सहयोगमा निर्माण गरेको वातावरण मैत्री र प्रदुषण रहित शवदाह गृह बुधबारदेखि संचालनमा आएको हो।

एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको छ।

हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदुषणलाई पनि कमगर्ने भएकाले आधुनिक शवदाह गृह पशुपती क्षेत्रका लागि महत्वपूर्ण हुने बताए। आधुनिक शवदाह गृहले हिन्दुहरुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतक करिब ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरेको जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताए। यस्तै एउटा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell