PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शङ्खमूल नजिक दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु



रासस

शङ्खमूल नजिक दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको शङ्खमूल नजिक शनिवार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

कोटेश्वरबाट कोरिडोर सडक हुँदै शङ्खमूलतर्फ आउँदै गरेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३-­०२­००६ प ८८०० नम्बरको मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

साँझ ६ः४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका कोटेश्वर निवासी २२ वर्षीय सुदीप तिमिल्सिनाको नागरिक अस्पताल बानेश्वरमा उपचारका क्रममा ७ः२५ बजे मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।

मोटरसाइकलमा सवार सानु खान घाइते रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको बानेश्वर प्रहरीले जनाएको छ। सिसी क्यामराको श्रव्यदृष्य हेरेपछि मात्रै घटनाको अन्य विवरण खुल्ने प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell