PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ट्रम्पले गरे ह्वाइट हाउड छाड्ने संकेत, अझै भन्छन्, 'इलेक्टोरल कलेजले बाइडेनलाई चुनेमात्र'



ट्रम्पले गरे ह्वाइट हाउड छाड्ने संकेत, अझै भन्छन्, 'इलेक्टोरल कलेजले बाइडेनलाई चुनेमात्र'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाड्ने संकेत गरेका छन्। निर्वाचित इलेक्टोरल कलेजहरुले जो बाइडेनलाई राष्ट्रपति चुनेमा आफूले ह्वाइट हाउस छाड्ने उनले बताएका हुन्।

नोभेम्बर ३ मा भएको निर्वाचन परिणामलाई स्विकार्न कठिन परिरहेको बेला ट्रम्पले यस्तो संकेत गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्। थ्याङ्स् गिभिङको दिन सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भनाई पुन दोहोर्‍याए। जबकि डेमोक्रेट्स उम्मेद्वार बाइडेनको पक्षमा ३०६ इलेक्ट्रोल भोट आउँदा ट्रम्पको पक्षमा २३२ इलेक्ट्रोल कलेज भोट प्राप्त भयो। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्ट्रोल कलेज भोट पर्याप्त हुन्छ। यता पपुलर मतमा पनि बाइडेनलाई भारी मत प्राप्त भएको थियो।

बाइडेन अमेरिकी राष्ट्रपतिमा औपचारिक रुपमा निर्वाचित हुनका लागि भने आगामी महिना इलेक्ट्रोल कलेजहरुले चुन्नुपर्नेछ। जनवरी २० मा उनी ह्वाइट हाउसमा प्रवेश गर्नेछन्। यद्यपि ट्रम्पले बाइडेनलाई अन्तरिम प्रशासन सञ्चालनको अनुमति दिइसकेका छन्। यो पनि ढिला गरीमात्र।

ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कयौं ठाउँमा निवेदन दिनुका साथै कतिपय ठाउँमा पुन मतगणना गर्न आग्रह गरेका थिए। ती मध्ये कतिपय उनका मुद्दाहरु खारेज भएका छन्।

यस्तो अवस्थामा ट्रम्प बाइडेनलाई ४६ औं राष्ट्रपतिको रुपमा स्विकार्न तयार भएका हुन्। ट्रम्प आफ्नो हार भने स्विकार्न अझै तयार देखिन्नन्। ह्वाइट हाउस छाड्ने संकेत देखाएपनि उनले इलेक्टोरल कलेजले गल्ती गरी बाइडेनलाई छानेमा आफूले मान्ने बताए।

'यो निर्वाचणको परिणाम स्विकार्न हामीलाई धेरै गाह्रो भएको छ। किनकि धेरै ठाउँमा व्यापक धाँधली भएको छ,' ट्रम्पले आफ्नो अडान दोहोर्‍याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell