PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

जर्जियामा तेस्रोपटक मतगणना हुँदै : बाइडेनलाई अन्तरिम प्रशासन सुम्पन तयार ट्रम्प भन्छन्, 'कानुनी लडाई जारी छ'



जर्जियामा तेस्रोपटक मतगणना हुँदै : बाइडेनलाई अन्तरिम प्रशासन सुम्पन तयार ट्रम्प भन्छन्, 'कानुनी लडाई जारी छ'

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट्स उम्मेद्वार जो बाइडेनले स्पष्ट बहुमत ल्याएर विजयी घोषणा भइसकेका छन्। यद्यपि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प हार स्वीकार्न तयार देखिँदैनन्। निर्वाचनमा धाँधली भएको उनको आरोप यथावत छ।

यसैले ट्रम्पले जर्जियामा फेरि मतगणना गर्न माग गरेका छन्। उनको माग बमोजिम मंगलवारबाट जर्जियामा तेस्रोपटक मतगणना शुरु हुने भएको छ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जर र गभर्नर ब्रायन केम्पले दोस्रोपटकको गणनापछि जर्जियाको चुनावको परिणामको औपचारिक प्रमाणिकरण गरिसके पनि ट्रम्प पक्षले त्यसलाई अस्विकार गरेको हो।

यता राष्ट्रपति ट्रम्पले आफ्नो हार स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनले केही समयअघिमात्र ट्वीट् गर्दै सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेसन (जीएसए)को कामको प्रशंसा गरेका छन्।

ट्रम्पले ट्वीटमार्फत ह्वाइट हाउसबाट सहजरुपमा बाहिरिने संकेत दिएका हुन्। परिणाम बाइडेनको पक्षमा जाँदा ट्रम्पलाई पराजय स्वीकार गर्न दबाब बढ्दै गएको थियो।

ट्रम्पले संघीय निकाय जनरल सर्भिसेस एड्मिन्स्ट्रेसनलाई सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने आवश्यक सबै काम गर्न निर्देशन दिइसकेको बीबीसीले उल्लेख गरेको छ।

जीएसएका प्रमुख एमिली मर्फीले बाइडेनलाई स्पष्ट विजेताका रूपमा आफूले स्वीकार गरेको जनाएपछि ट्रम्पले ट्वीट गर्दै कार्यभार हस्तान्तरणका लागि तयार रहेको बीबीसीले जनाएको छ। तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ। ट्रम्पद्वारा नियुक्त प्रशासक मर्फीले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाब नआएको प्रतिक्रिया दिएकी छिन्। यता ट्रम्पले भने यो प्रक्रिया थालनीका क्रममा मर्फीलाई बाइडेन पक्षबाट दबाव तथा धम्कीहरु आएको दाबी गरेका छन्।

बाइडेनको समूहले अन्तरिम प्रशासन सञ्चालनको शुरुवात भइसकेको जनाएको छ।

अमेरिकाको संविधान अनुसार ट्रम्पको कार्यकाल जनवरी २० मा सकिनेछ। सोही दिन नै बाइडेन ह्वाइट हाउस प्रवेश गर्नेछन्। हाल ट्रम्पले परिणाम स्वीकार गरेपनि राष्ट्रपति निर्वाचनको परिणालाई लिएर कानूनी लडाइँ भने जारी रहने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell