PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बाइडेनले ट्रम्पलाई भने : अमेरिकी इतिहासकै गैर जिम्मेवार राष्ट्रपति



पहिलोपोस्ट

बाइडेनले ट्रम्पलाई भने : अमेरिकी इतिहासकै गैर जिम्मेवार राष्ट्रपति

डोनाल्ड ट्रम्पले चुनावी पराजय अस्वीकार गरेको विषयलाईलिएर प्रेसिडेन्ट इलेक्ट जोय बाइडेनले भत्सर्ना गरेका छन्। साथै ट्रम्पको अभिव्यक्तिले गैरजिम्मेवार सन्देश दिएको बताए।

ट्रम्पलाई आफू चुनावमा हार्छु भन्ने जानकारी भएकाले यस्तो व्यवहार प्रस्तुत गरिरहेको आक्षेप लगाए। ट्रम्पले चुनावमा धाँधली भएको भन्दै कानुनी उपचार खोजिरहेका छन्। उनले विभिन्न राज्यका विधायकहरुलाई ह्वाइटहाउसमा बोलाएर आगामी रणनीतिमाथि छलफल गरेका छन्। 

हालैको निर्वाचनमा भएको प्रक्षेपणअनुसार ट्रम्पको २२३ मतविरद्ध बाइडेनले ३ सय ६ इलेक्ट्रोल मत ल्याएका छन्। यसलाई ट्रम्पले स्वीकार्न चाहेका छैनन्।

अब हरेर राज्यले निर्वाचनको मत परिणाम बुझाउनुपर्ने समय नजिकिएको छ। यद्यपि, त्यसपछि पनि ट्रम्पले सफलता पाउने आधार बनेको छैन।

कम्तिमा पनि तीन राज्यमा आएको मत परिणाम उल्ट्याउन सक्नुपर्छ ट्रम्पले, दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा रहिरहन। 

बिहीवार जर्जियाले पुन: मत गणना गर्दा पनि बाइडेनले नै जितेको सार्वजनिक गरेको छ जसले ट्रम्पको सपनामाथि प्रहार भएको छ। 

बाइडेनले डेमोक्रेट र रिपब्लिकन दुवै खेमाका गभर्नरहरुसँग भर्चुअल छलफलमा ट्रम्पको संदेशले विश्वव्यापी रुपमा अमेरिकाको बद्‍नाम गराएको भनेका थिए। अमेरिकी इतिहासमा सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रुपमा ट्रम्पले आफूलाई स्थापित गरेको उनको दावी थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell