PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अदालतको आदेशपछि वामदेवको प्रतिक्रिया, ‘मेरो विषय पद र प्रतिष्ठासँग गाँसिएको थिएन’



पहिलोपोस्ट

अदालतको आदेशपछि वामदेवको प्रतिक्रिया, ‘मेरो विषय पद र प्रतिष्ठासँग गाँसिएको थिएन’

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा आफ्नो मनोनयनको विषय पद र प्रतिष्ठासँग नजोडिएको बताएका छन्। सर्वोच्च अदालतले आफूविरुद्धको रिटमा अन्तरिम आदेश जारी अस्वीकार गरेसँगै गौतमले व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्दतिको आफ्नो अडानलाई विषयान्तर गरेको पनि गौतमले बताएका छन्।

गौतमका तर्फबाट जारी वक्तव्यमा भनिएको छ, ‘वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन। हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए। फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु।’

गौतमले अदालती प्रक्रियाका क्रममा आफ्नो पक्षमा बहस गर्ने कानुन व्यवसायीलाई पनि धन्यवाद दिएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell