PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डोनाल्ड ट्रम्पले फेरि भने, ‘मतगणना रोकौं’, ट्वीटरले भन्यो, 'भाम्रक र विवादास्पद सूचना'



डोनाल्ड ट्रम्पले फेरि भने, ‘मतगणना रोकौं’, ट्वीटरले भन्यो, 'भाम्रक र विवादास्पद सूचना'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनको मतगणना रोक्नुपर्ने माग दोहोर्‍याएका छन्। नोभेम्बर ३ मा भएको निर्वाचनमा ट्रम्प र डेमोक्रेटिक उम्मेदवार जोय बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ। नोभेम्बर ३ अघि नै करोडौं मतदाताले अर्ली भोटिङ गरिसकेका छन्। यसबीच हुलाकबाट पनि धेरैले मतदान गरेका छन्।

ट्रम्पले भने मतगणनामा धाँधली भएको भन्दै मतगणना रोक्नुपर्ने बताउँदै आएका छन्।

चार राज्यको मतगणना बाँकी रहँदा बाइडेन ४६औँ अमेरिकी राष्ट्रपति बन्ने देखिएको छ। तर अझै पनि मतगणना जारी रहेकोले ट्रम्पको सम्भावना पनि जीवितै छ।

ट्रम्पको निर्वाचन टिमले मतगणना बाँकी रहेको राज्यमा मतपत्रहरुसँग छेडछाड भएको दाबी गरेका छन्। विस्कनसिनमा मतगणनामा त्रुटि भएको ट्रम्प समूहले आरोप लगाएको छ। मिसिगनमा हाल मतगणना रोकिएको छ। पेनसिल्भानियामा निर्वाचनको दिनभन्दा ढिला मतपत्रहरु आइपुगेको भन्दै ती मतपत्र खारेज गर्न ट्रम्पले माग समेत गरेका छन्। ट्रम्पले मतदान गर्ने दिनभन्दा पछि आएका मतपत्रहरुको गणना नहुने भन्दै ट्वीट समेत गरेका छन्। तर ट्वीटरले भने उक्त ट्वीट भ्रामक रहेको भन्दै नोटिस राखेर 'हाइड' गरिदिएको छ। यद्यपि, उक्त ट्वीट हेर्न भने अझै सकिन्छ। 

यस्तै जर्जियामा पनि मतदान रोक्न भन्दै ट्रम्पको कानूनी टोलीले मुद्दा दायर गरेको छ।

दोस्रोपटक राष्ट्रपति बन्ने होडमा रहेका ट्रम्प आफू पराजित हुन लागेपछि कानूनी सहारा लिने प्रयासमा रहेको विश्लेषकहरुले बताएका छन्। डेमोक्रेटिक पार्टीले भने ट्रम्पले मतगणना रोक्न भनेर विधिको शासनको उपहास गरेको आरोप लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell