PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

भक्तपुरमा एक भारतीय युवकको हत्या, अनुसन्धानको क्रममा केही मानिस नियन्त्रणमा



पहिलोपोस्ट

भक्तपुरमा एक भारतीय युवकको हत्या, अनुसन्धानको क्रममा केही मानिस नियन्त्रणमा
प्रतिकात्म तस्वीर

काठमाडौं : भक्तपुरमा एक युवकको हत्या भएको छ।

भक्तपुर नगरपालिका कालोपाटी नजिकै ३५ वर्षीय भारतीय नागरिक  सहिद हुसेनको हत्या भएको हो। भारतको उत्तर प्रदेश घर भइ लामो समयदेखि भक्तपुरमा बस्दै आएका हुसेनको शनिवार राति नै हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ।

'हामीलाई आज बिहान करिब ७ बजेतिर जानकारी आएको थियो। तर शवको प्रकृति हेर्दा राति नै हत्या गरेको देखिन्छ', महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले भनिन्।

हुसेनको अनुहारमा इँटा तथा ढुङ्गा प्रहार गरेर हत्या गरेको देखिको छ। घटनास्थल केही सुनसान भएकाले राति हत्या गरी खोल्सोमा फालेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाको अनुसन्धानको क्रममा केही मानिसलाई नियन्त्रणमा लिएको छ।' अनुसन्धानको क्रममा ८ जना मानिस नियन्त्रणमा छन्। केही क्लु फेला परेको छ', एसपी थापाले भनिन्।

हुसेन पित्तलका करुवा लगायत भाँडाको सामानको कारोवार गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell