PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ह्वाइट हाउसको रोज गार्डेनको त्यो 'सुपर स्प्रेडर इभेन्ट' जसले राष्ट्रपति ट्रम्पको 'इनर सर्कल'मा फैलायो कोरोना



पहिलोपोस्ट

ह्वाइट हाउसको रोज गार्डेनको त्यो 'सुपर स्प्रेडर इभेन्ट' जसले राष्ट्रपति ट्रम्पको 'इनर सर्कल'मा फैलायो कोरोना

ह्वाइट हाउसका वरिष्ठ नीति सल्लाहकार स्टेफन मिलरमा कोभिड १९ पोजेटिभ देखिएको छ। उनीसँगै ह्वाइट हाउसकै उच्चपदस्थ सैनिकमा पनि संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्पको 'इनर सर्कल'मा संक्रमित हुन पुगेको पुष्टि भएको छ।

पाँच दिनदेखि सेल्फ आइसोलेसनमा रहेका थिए मिलर जसमा मंगलवार कोरोना भाइरस पुष्टि भयो। सैनिक जनरल मार्क मिली र अन्य सैनिक अधिकारीमा पनि कोभिड १९ संक्रमण देखिएको छ। कोस्ट गार्ड अफिसका एड्मिरल चार्ल्स रे संक्रमित देखिएपछि थप सैनिकहरुमा संक्रमण पुष्टि भएको हो। 

ह्वाइट हाउसका अन्य अधिकारी पनि आइसोलेसनमा छन्। अमेरिकी कोस्ट गार्डका भाइस कमाण्ड रेलाई कोभिड १९ को 'माइल्ड' संकेतहरु देखा परेको छ।

गत साता उनीसँग छलफलमा सहभागी भएका सरकारी अधिकारीहरु अहिले क्वारेन्टाइनमा छन्। उनीहरुमा कोरोना भाइरस पुष्टि भइसकेको छैन भने त्यसका लक्षणहरु पनि देखिएको छैन।

ह्वाइट हाउसमा १० दिन अघि भएको एउटा समारोहमा रे उपस्थित थिए। उनी त्यही संक्रमित भए अथवा बाहिर भन्ने खुल्न सकेको छैन। 
अमेरिकी राष्ट्रपति ट्रम्पमा कोभिड १९ पुष्टि भइसकेको छ।

अमेरिकी कोस्ट गार्डले विज्ञप्ति जारी गर्दै एडम रे कोरोना भाइरस संक्रमित भएको जनाएको छ। उनीसँग सम्पर्कमा आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा रहन समेत भनिएको छ।

राष्ट्रपति ट्रम्प संक्रमित देखिएसँगै एकाएक ह्वाइट हाउसमा संक्रमणको चर्को असर देखिएको छ। रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरुमा पनि भाइरस कन्फर्म भएको छ। फस्ट लेडी मिलानिया ट्रम्प, सल्लाहकार होप हिक्ससहित रिपब्लिकन सिनेटरहरुमा संक्रमण देखिएको छ। 

प्रेस सेक्रेटरी किलिग म्याकइन्यीलाई पोजेटिभ देखिएको छ। साथै प्रेस अफिसका तीन थप कर्मचारीमा संक्रमण देखिएको छ। म्याकइन्यी पत्रकारहरुसँगको छलफलमा मास्क नै नलगाई उपस्थित भएकी थिइन् गएको आइतवार। ह्वाइट हाउस मेडिकल युनिटले ती सबै मिडियाकर्मीको सूची बनाएको छ।

ट्रम्पको इनर सर्कलका जसजसमा कोभिड १९ देखिएको छ उनीहरु २६ सेप्टेम्बरमा ह्वाइट हाउस रोज गार्डेनमा आयोजित एक समारोहमा उपस्थित थिए। त्यसलाई सम्भावित सुपर स्प्रेडर इभेन्ट मानिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell