PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दशैंमा भक्तपुरमा तलेजुभित्र बली नदिइने



दशैंमा भक्तपुरमा तलेजुभित्र बली नदिइने

भक्तपुर : भक्तपुरमा यो वर्ष दशैंमा तलेजुमा बली नदिइने भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरूको उपस्थितिमा बसेको बैठकमा दशैंको अवसरमा तलेजु परिसरमा हुने जात्रा र पर्वहरूलाई औपचारिकतामा सीमित गरी मनाउने निर्णयमा सहमति भएको हो।

यस्तै, कोरोना संक्रमणको जोखिमका कारण विजया दशमीको अवसरमा यस वर्ष भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पुजामा बली नदिने र तलेजु भवानीको पुजालाई स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी विधिपूर्वक सामान्य पुजामा मात्र सीमित गर्ने निर्णय गरिएको छ। बैठकले दशैं अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ। यसअघि गुठी संस्थानले तलेजु पुजाको लागि दशैं अवधिमा ६० वटा बोका, ३१ वटा राँगा, ३० वटा हाँस दिने प्रचलनलाई थियो।

नगर प्रमुख प्रजापतिले कोरोना संक्रमणका कारण नागरिकहरुको स्वास्थ्यको हितलाई ध्यानमा राख्दै दशैंलाई सुरक्षित ढंगले मनाउनु सबैको कर्तव्य भएको बताए। बैठकले घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म भीडभाड नगरी यसपटकको दशैं मनाउन नगरबासीहरूलाई आग्रह समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell