PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ह्वाइट हाउस फर्किए ट्रम्प, चुनावी अभियानमा जोडिने बताउँदै भने : फेक मिडियाको फेक सर्वेक्षण



पहिलोपोस्ट

ह्वाइट हाउस फर्किए ट्रम्प, चुनावी अभियानमा जोडिने बताउँदै भने : फेक मिडियाको फेक सर्वेक्षण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिन अस्पताल भर्ना भएर उपचार गरेपछि फर्किएका छन्। चुनावी मुखमा कोभिड १९ को संक्रमण बेहोरेका ट्रम्प अब सक्रिय रुपमा क्याम्पेनिङ र्‍यालीहरुमा उपस्थित हुने अपेक्षा गरिएको छ।

राष्ट्रपतिको हेलिकप्टर मरिन वानबाट उनी ह्वाइट हाउस फर्किएका हुन्।

'साच्चै राम्रो अनुभूति भइरहेको छ,' राष्ट्रपति ट्रम्पले केही अगाडि ट्विट गरेका छन्, 'कोभिडसँग नतर्सिनु। यसलाई तपाईँको जीवनमा शासन गर्न नदिनु।'

अमेरिकामा ७४ लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण छ। यहाँ २ लाख १० हजार भन्दा धेरैको ज्यान यसैका कारण गएको छ। 
कोभिड संक्रमण, अस्पताल भर्ना र लगत्तै त्यहाँबाट बाहिरिनुले ट्रम्पमाथि थप प्रश्न उठेको छ। उनको स्वास्थ्य अवस्थाबारे आएका वक्तव्यहरु पनि बाझिएका थिए। ह्वाइट हाउसभित्र कोरोनाको कहर कस्तो रह्यो त्यो अझै प्रस्ट भएको छैन।

नेभी बिजनेस सुट, टाइ र मास्क लगाएर वाल्टर रीड नेसनल मिलिट्री सेन्टरबाट निस्किएका ट्रम्पले सबैलाई धन्यवाद दिए।
'सबैलाई धेरैधेरै धन्यवाद,' उनले भने। पत्रकारहरुको प्रश्नको भने उनले पूरै वेवास्ता गरेका थिए। एक जना पत्रकारले उनलाई सोधेका थिए - 'के तपाईँ सुपर स्प्रेडर हो, राष्ट्रपतिज्यू?' 

छोट हवाई यात्राबाट ह्वाइट हाउस पुगेका थिए उनी। त्यसपछि उनलाई ह्वाइटहाउसको बल्कोनीमा देखिएको थियो। त्यहाँ उनले थम्स अप र मिलिट्री शैलीको सलाम ठोक्नुअघि आफ्नो मास्क खोलेका थिए।

त्यसको केही समयपछि उनले चुनावी क्याम्पेनिङको भिडियो क्लिप जारी गरेका थिए।

अस्पतालबाट बाहिरिनुभन्दा अगाडि नै उनले ट्विट गर्दै चुनावी अभियानमा आइहाल्ने बताएका थिए। उनले मिडियाको उछितो काड्न पनि भ्याए र फेक न्युज चलाउनेले फेक सर्वेक्षण गरिरहेको आरोप लगाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell